कांग्रेस, एमाले र माओवादीबाट यी हुन् प्रतिनिधिसभातर्फ १४ जना थारू उम्मेदवार

आसन्न प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनमा प्रतिनिधिसभातर्फ थारूहरुले उम्मेदवारी दिएका छन्। निर्वाचन आयोगका अनुसार कांग्रेसबाट ६ जना, एमालेबाट ५ जना, माओवादीबाट २ जना र नेकपा एसबाट एक जना उम्मेदवार रहेका छन्।

माओवादीका युवा नेता अमनलाल मोदीले मोरङ ४ बाट उम्मेदवारी दिएका छन्। त्यस्तै सुनसरी क्षेत्र ३ मा गठबन्धनबाट नेपाली कांग्रेसका विजय कुमार गच्छदार र एमालेबाट भगवती चौधरीले उम्मेदवारी दिएका छन्।

त्यस्तै सप्तरी क्षेत्र नं ३ मा एमालेबाट ताराकान्त चौधरीले उम्मेदवारी दिएका छन् भने सप्तरी क्षेत्र नं ४ मा नेपाली कांग्रेसका तेजुलाल चौधरीले उम्मेदवारी दिएका छन्। सिरहा क्षेत्र नं १ मा पद्मनारायण चौधरीले उम्मेदवारी दिएका छन्।

त्यस्तै बाराको क्षेत्र नं १ मा नेपाली कांग्रेसबाट उमाकान्त चौधरीले उम्मेदवारी दिएका छन् भने पर्सा क्षेत्र नं ३ मा नेपाली कांग्रेसकै सुरेन्द्र प्रसाद चौधरीले उम्मेदवारी दिएका छन्।

त्यस्तै दाङ १ मा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी र एमालेकी शान्ता चौधरीले उम्मेदवारी दिएकी छन् भने कैलाली क्षेत्र १ मा कांग्रेसका रामजनम चौधरीले उम्मेदवारी दिएका छन्।

कैलाली क्षेत्र ३ मा भने एमालेबाट पूर्वमाओवादी समेत रहेका गौरीशंकर चौधरीले उम्मेदवारी दिएका छन् भने मा‌ओवादीबाट कृष्णकुमार चौधरी कुन्दनले उम्मेदवारी दिएका छन्।

त्यस्तै कैलाली क्षेत्र ५ मा एमालेबाट नारदमुनी रानाले उम्मेदवारी दिएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *