शान्ता चौधरीविरुद्ध गंगा थारूको उम्मेदवारी

केही दिनअघि नेकपा एमाले परित्याग गरेकी गंगा चौधरीले एमालेकी आधिकारिक उम्मेदवार शान्ता चौधरीविरुद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छन्।

दाङ निर्वाचन क्षेत्र नम्बर-१ मा नेकपा एमालेकी निवर्तमान सांसद गंगा चौधरी सत्गौवाले उम्मेदवारी दर्ता गराएकी छन्। उनले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएकी हुन्। एमालेको तर्फबाट दाङ क्षेत्र नम्बर १ मा निवर्तमान सांसद शान्ता चौधरीले उम्मेदवारी दर्ता गराएकी थिइन्।

पार्टीले टिकट नदिएपछि गंगाले उम्मेदवारी दिने घोषणा गरेकी थिइन्। उम्मेदवारी दिएपछि एमालेको केन्द्रीय सदस्यबाट राजीनामा दिने पनि उनले घोषणा गरेकी थिइन्। उनी दाङ १ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएकी थिइन्। दाङ २ की स्थायी बासिन्दा शान्ता एमाले उम्मेदवार बनेपछि गंगा चौधरीले बागी उम्मेदवारी दिएकी हुन्।

गंगा थरुहट आन्दोलनबाट राजनीतिक चर्चामा आएकी हुन्। २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी समानुपातिकतर्फबाट निर्वाचित भएकी थिइन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *