प्रमुख राजनीतिक दलका यी हुन् समानुपातिकतर्फका थारू उम्मेदवारहरू (सूचीसहित)

निर्वाचन आयोगले समानुपातिकतर्फको बन्दसूची सार्वजनिक गरेको छ। नेपाली कांग्रेसले थारु कोटामा पहिलो नम्बरमा पुरुषतर्फ योगेन्द्र चौधरी र महिलातर्फ कल्पना चौधरीलाई राखेको छ। योगेन्द्र केन्द्रीय सदस्य हुन् भने कल्पना विजयकुमार गच्छदारको बुहारी हुन्।

नेकपा एमालेले समानुपातिकतर्फको थारु कोटामा महिलातर्फ पहिलो नम्बरमा आस्मा कुमारी चौधरी र पुरुषतर्फ सत्यनारायण चौधरीलाई राखेको छ। सत्यनारायण चौधरी प्रत्यक्षतर्फका आकांक्षी भए पनि टिकट मिलाउन उनलाई सामानुपातिकमा ल्याइएको हो।

नेकपा माओवादी केन्द्रबाट थारु कोटातर्फ महिलामा पहिलो नम्बरमा रुपा चौधरीलाई राखेको छ भने पुरुषतर्फ सुनिल कुमार भगतलाई राखेको छ।

त्यस्तै नेकपा एकीकृत समाजवादी पार्टीले महिलातर्फ ममताकुमारी चौधरी र पुरुषतर्फ नागेन्द्रप्रसाद चौधरीलाई थारु कोटाको पहिलो नम्बरमा राखेको छ। नागेन्द्र चौधरी त्रियुगा नगरपालिकाको निवर्तमान मेयरसमेत हुन्।

जनता समाजवादी पार्टीले थारु कोटाको पहिलो नम्बरमा पुरुषतर्फ चिरन्जीबी राम थारु र महिलातर्फ ललिताकुमारी चौधरीलाई राखेको छ।

लोकतान्त्रिक समाजवादी पार्टीले थारु कोटातर्फ पहिलो नम्बरमा रेणुकमारी चौधरी महिला र पुरुषतर्फ राजकुमार चौधरीलाई राखेको छ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले थारु कोटाको पहिलो नम्बमार गिरधारीप्रसाद चौधरी र महिलामा शिलाकुमारी थारुलाई राखेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *