नागरिक उन्मुक्तिबाट दाङदेखि कञ्चनपुरसम्मका यी हुन् प्रदेश र संघका उम्मेदवार (सूचीसहित)

नागरिक उन्मुक्ति पार्टीले आसन्न प्रतिनिधिसभा एवं प्रदेशसभातर्फको उम्मेदवार टुंगो लगाएको छ। पार्टीले कैलाली क्षेत्र नं १ रेशम चौधरी पत्नी एवं अध्यक्ष रञ्जिता श्रेष्ठलाई उठाउने निर्णय गरेको छ भने प्रदेशतर्फ १ (क)मा लक्ष्मण जोगेठ्वा र १ (ख)मा कैलाश चौधरीलाई टिकट दिने निर्णय गरेको छ।

त्यस्तै क्षेत्र २ मा संघतर्फ अरुण चौधरीले टिकट पाएका छन् भने २ (क)मा एमालेबाट प्रवेश गरेका रतन थापा र २(ख)मा रामेश्वर चौधरीले टिकट पाएका छन्।

त्यस्तै क्षेत्र ३ मा संघतर्फ गंगा डंगौराले उम्मेदवारी दिने भएका छन् भने ३(क)मा खुसीराम चौधरीले टिकट पाएका छन्। ३(ख)मा भने साँझसम्म टुंगो लाग्ने बताइएको छ।

त्यस्तै क्षेत्र ४ को संघतर्फ कैँया चौधरीले उम्मेदवारी दिँदैछन् भने ४(क)मा राजेन्द्र देवकोटा र ४(ख)मा कमलराज भट्टले टिकट पाएका छन्।
त्यस्तै क्षेत्र ५ मा संघतर्फ लक्ष्मण थारुले उम्मेदवारी दिनेछन् भने ५(क)मा श्रीराम थारु र ५(ख)मा गोठुराम थारुले टिकट पाएका छन्।

त्यस्तै कञ्चनपुरको क्षेत्र १ मा संघतर्फ नन्दकुमार रानाले उम्मेदवारी दिनेछन् भने १(क)मा नेत्रलाल चौधरी र १(ख)मा पल्टु चौधरीले टिकट पाएका छन्।

त्यस्तै क्षेत्र २ मा डा. फूलाराम चौधरीले उम्मेदवारी दिनेछन् भने २(क)मा पिताम्बर चौधरी र २(ख)मा सञ्जित चौधरीले टिकट पाएका छन्। क्षेत्र ३ को संघतर्फ भने मुन्नी चौधरीले उम्मेदवारी दिँदैछन्। प्रदेशतर्फ भने आज साँझसम्म टुंगो लाग्ने बताइएको छ।

त्यस्तै बर्दिया क्षेत्र १ मा पत्रकारसमेत रहेका ठाकुरसिंह थारु संघतर्फ उम्मेदवार बन्नेछन् भने १(क)मा खेमबहादुर थारु र १(ख)मा श्यामु चौधरीले टिकट पाएका छन्।

त्यस्तै बर्दिया क्षेत्र २ मा पार्टी संरक्षकसमेत रहेका रेशम चौधरीले संघतर्फ उम्मेदवारी दिनेछन् भने २(क)मा दर्पण कुसुम्या (परदेशी) र २(ख)मा धर्म चौधरीले टिकट पाएका छन्।

त्यस्तै दाङ क्षेत्र १ मा संघतर्फ सुरेन्द्र चौधरी, क्षेत्र २ मा रेशम चौधरी र क्षेत्र ३ मा कुमार चौधरीले टिकट पाएका छन्। प्रदेशतर्फ भने साँझसम्म टुंगो लाग्ने बताइएको छ।




2 thoughts on “नागरिक उन्मुक्तिबाट दाङदेखि कञ्चनपुरसम्मका यी हुन् प्रदेश र संघका उम्मेदवार (सूचीसहित)

  1. सबै उम्मेदवारज्युहरुको जीतको कामना गर्दछु !!!
    जय नागरिक !

Leave a Reply

Your email address will not be published. Required fields are marked *