प्रतिनिधिसभा र प्रदेशसभातर्फ यी हुन् एमालेका थारू उम्मेदवार

नेकपा एमालेले मधेस प्रदेशबाहेक अधिकांश जिल्लाको प्रत्यक्षतर्फको उम्मेदवार टुंग्याएको छ। आसन्न प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनका लागि एमालेले दुवैतर्फका उम्मेदवारको टुंगो लगाएको हो।

मधेस प्रदेशबाहेक उम्मेदवारको टुंगो लगाउँदा एमालेबाट थारू समुदायका भगवती चौधरी, शान्ता चौधरी, गौरीशंकर चौधरी र नारदमुनी राना प्रतिनिधिसभाका लागि परेका छन्। यसअघि सामानुपातिक सांसद रहेकी शान्ता दाङ क्षेत्र नं १ बाट टिकट पाएकी छन् भने पूर्वमाओवादीसमेत रहेका गौरीशंकर चौधरी कैलाली क्षेत्र नं ३ का लागि टिकट पाएका हुन्। उनी अघिल्लो निर्वाचनमा पनि सोही क्षेत्रबाट विजयी बनेका थिए। माओवादीबाट विजयी भएका हुने तत्कालीन नेकपा विभाजनपछि एमालमै रहेका थिए।

त्यस्तै नारदमुनी राना पनि सोही क्षेत्रबाट विजयी निवर्तमान सांसद हुन्। उनले आरजु राणालाई पराजित गरेका थिए। अघिल्लो निर्वाचनमा कांग्रेसका विजय गच्छदारबाट पराजितभएका भगवती चौधरी सोही क्षेत्रमा टिकट पाएकी छन्। यसपटक पनि गच्छदारसँगै भीडन्त हुने देखिएको छ।

त्यस्तै प्रदेशसभातर्फ मोरङ ४ क मा जयप्रकाश चौधरी, रुपन्देही ३ खबाट तुलसीप्रसाद चौधरी, बाँके १ खबाट दुर्गाप्रसाद चौधरी, बर्दिया २ क बाट लहनु चौधरी र खबाट कृष्णी चौधरे टिकट पाएका छन्। कृष्णी लुम्बिनी प्रदेशका उपसभामुखसमेत हुन् भने तुलसी पनि निवर्तमान लुम्बिनी प्रदेशसभा सदस्य छन्।

नवलपरासी पश्चिमबाट आकांक्षी रहेका बैजनाथ चौधरीलाई भने टिकट दिइएको छैन। यसअघि उनी पश्चिम नवलपरासी २ (क) बाट विजयी भएका थिए। उनी शंकर पोखरेल मुख्यमन्त्री हुँदा लामो समय मन्त्री बनेका थिए।

त्यस्तै सुदूरपश्चिम प्रदेशमा एक जना राना थारु समुदायबाट प्रतिनिधित्व गर्ने भएका छन्। एमालेले कञ्चनपुर क्षेत्र नं २ क को टिकट पाएका छन्।

यता मधेस प्रदेशमा बारा क्षेत्र नं ४ मा देवनारायण चौधरी, सप्तरी क्षेत्र नं ३ ताराकान्त चौधरी, सप्तरी क्षेत्र नं १ कमा राजकुमारी लेखी प्रबल आकांक्षी छन्। जसपासँग तालमेल भए पनि यी तीन नेताले टिकट पाउने बताइएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *