अवसरवादको नमुना : एमालेले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बन्ने गंगाको घोषणा

दाङ क्षेत्र नं १ मा नेकपा एमालेबाट शान्ता चौधरीले टिकट पाउने भएकी छन्। सचेतकसमेत रहिसकेकी उनले टिकट पाउने निश्चित भएको एमालका एक नेताले जानकारी दिए।

शान्ताले टिकट पाउने निश्चित भएपछि गंगा चौधरी सत्गौंवाले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन्। उनले टिकट वितरणमा असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दिने उल्लेख गरेकी छन्।

‘आज मैले ठीक निणर्य गरे या बेठिक मलाई थाहा छैन। राष्ट्र र राष्ट्रियताको लागि म सधैं लागिरहने छु। जनता भगवान हुन्, जनता नै सर्वपरी हुन्। देशलाई शीरमाथि राखेर आज स्वतन्त्र उमेदवार भएर जनताको बीचमा आउँदैछु,’ उनले भनेकी छन्।

एक महिनाअघिमात्रै उनले शान्तासँग तस्बिर राखेर दिदीबहिनी जसले टिकट पाए पनि एक भएर जाने घोषणा गरेकी थिइन्। स्वतन्त्र उम्मेदवारी घोषणा गरेपछि उनलाई अवसरवादीको नमूना भन्दै बहस चलेको छ। उनको स्टाट्समै अधिकांशले चरम अवसरवादी भएको उल्लेख गरेका छन्।

दोस्रो संविधानसभामा तत्कालीन थरुहट तराई पार्टी नेपालको तर्फबाट सामानुपातिक सांसद बनेकी गंगा विधायन समितिको सभापतिसमेत बनेकी थिइन्। तर सो पार्टी परित्याग गर्दै उनी बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा आबद्ध भएकी थिइन्।

गंगा नयाँ शक्तिमा पनि धेरै टिकिनन्। अघिल्लो प्रतिनिधिसभा निर्वाचनको संघारमा एमाले प्रवेश गर्दै सामानुपातिक बन्दसूचीमा परेकी थिइन्। सामानुपातिकतर्फ थारु कोटाको महिलातर्फ तेस्रो नम्बरमा रहेकी गंगा सामानुपातिक सांसद बन्न सफल भएकी थिइन्।

यसबीचमा उनी पार्टी अध्यक्ष ओली भक्त भएको आरोप उनीमाथि लाग्दै आएको छ। पार्टीको बचाउका लागि एमालेले पनि उनलाई संसद होस् या सडक उनलाई अगाडि उभ्याउँदै आएको थियो। गुठी विधेयक ल्याउँदा गंगा धेरै विवादमा तानिएकी थिइन्। सिंगो नेवार समुदायले उनको विरोध गरेको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *