बारा बस दुर्घटनामा कृतिका चौधरी र लिलाराज चौधरीको मृत्यु

बारा जिल्लाको जितपुर-सिमरा उपमहानगरपालिका वडा नम्बर-२२ स्थित सडकखण्डमा विहिबार विहान यात्रुबाहक बस दुर्घटनामा परी ज्यान गुमाएकाहरुको शव परिवारले बुझेका छन्।

हेटौंडा अस्पतालमा ल्याइएको मृतकको शव पोष्टमार्टमपश्चात् अन्तिम संस्कारका लागि उनीहरुका परिवारले बुझेका हुन्। बिहीबार पोष्टमार्टम गर्न ढिलाई हुँदा मृतकका परिवार तथा आफन्तहरु कुरेर बसेका थिए।

उपचारको क्रममा चितवनस्थित अस्पतालमा ज्यान गुमाएका २ जनाको शव भने उनीहरुका परिवारले सम्बन्धित अस्पतालबाटै बुझेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

दुर्घटनामा परी १७ जनाको मृत्यु भएको थियो। बिहीबार साँझसम्म हेटौंडा र चितवनको विभिन्न अस्पतालहरुमा गरी १६ जनाको मात्रै मृत्यु भएको थियो भने राति साँढे ९ बजे भरतपुर अस्पतालमा बाराको कलैया निवासी १२ वर्षीया कृतिका चौधरीको मृत्यु भएपछि मृतकको सख्या १७ पुगेको हो।

मृतक १७ जनाकै सनाखत भएको छ। प्रहरीका अनुसार जीतपुर-सिमरा २२ का २८ वर्षीय सुरेश विक, कलैया उपमहानगरपालिका-२ का ४१ वर्षीय लिलाराज चौधरी, कलैया-१० की ३६ वर्षीया नाजलिन खातुन, सोही ठाँउका २६ वर्षीय इताजत अंसारी, चितवन खैरहनी नगरपालिका-५ बुडौलीका ६३ वर्षीया नन्दकुमारी पुडासैनी, सोही ठाँउका ३५ वर्षीय मनोरथ पुडासैनी, चितवन कालिका नगरपालिकाका-१५ वर्षीय सफल कंडेल, वीरगन्ज महानगरपालिका-१६ का ६५ वर्षीय सोमप्रसाद चौरसिया, सोही ठाँउकी ३६ वर्षीया मुन्नीदेवी चौरसिया, हेटौंडा उपमहानगरपालिका-७ की ५६ वर्षीया शुभलक्ष्मी श्रेष्ठ, सोही ठाँउकी २० वर्षीया स्वस्तिका श्रेष्ठ, ओखलढुंगाका लालबहादुर बोगटी, गोर्खाका ३५ वर्षीय अम्बिका कंडेल, जनकपुर उपमहानगरपालिका-५ का ५० वर्षीय सन्तोषकुमार राय छन्।

नारायणगढबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०६-००१ ख ०११० नम्बरको बस जीतपुर सिमरा उपमहानगरपालिका-२२ अमलेखगञ्जस्थित ३ नम्बर पुल नजिकै मोडबाट २० मिटर तल बगरमा खसेको थियो । ब्रेक फेल भएका कारण बस दुर्घटना भएको चालक कोदिप्ति नारायण ढकालले प्रहरीलाई बयान दिएका छन् । बसमा ५० जना सवार थिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *