द्वारिकलाल चौधरी भन्छन्- केपी ओलीसँग चुनाव लड्न मन छ

एमालेबाट हालै माओवादी प्रवेश गरेका इटहरीका पूर्वमेयर द्वारिकलाल चौधरीले केपी ओलीसँग चुनाव लड्न आफू तयार रहेको बताएका छन्। सञ्चारमाध्यमसँगको कुराकानीमा उनले ओलीको अहंकारलाई धुलिसात गर्नुपर्ने बताए।

‘चुनाव त केपी ओलीविरुद्ध लड्न मन छ। ओलीको अहंकार तोड्न जरुरी छ। तर पार्टीले जहाँ पठाउँछ, त्यहीँ जान्छु,’ उनले भने। माओवादीले उनलाई सुनसरी क्षेत्र २ को प्रदेशसभामा उम्मेदवार बनाउने बताइएको छ।

उनले एमालेले आफूलाई विभेद् गरेको बताए। ‘म जिल्ला कमिटीको अध्यक्ष भइसकेको व्यक्ति, उपमहानगरको मेयर पनि भइसकेको व्यक्ति स्वतः केन्द्रीय कमिटीको दाबेदार हो नि। जिल्ला सदस्यहरू केन्द्रीय कमिटी सदस्य भइसकेका छन्। उपमेयर केन्द्रीय सदस्य छन्। मभन्दा जुनियर मञ्चमा बसेर भाषण गर्छन्, म भुईंमा बसेर ताली ठोकौं? त्यो मिल्ने कुरा हो र?,’ उनले भने।

उनले ओलीले पार्टी कब्जा गरेको आरोप लगाए। ‘गुट बनाउँदै गुटबाट केपी ओलीले पार्टी कब्जा गरेका छन्। अहिले एमाले ध्वस्त भइसक्यो। ओलीजी बालकोटमा बासुरी बजाइरहनुभएको छ,’ उनले भने।




One thought on “द्वारिकलाल चौधरी भन्छन्- केपी ओलीसँग चुनाव लड्न मन छ

  1. थारु हरुले नागरिक उन्मुक्ती पर्टि बाहेक अरु जुन सुकै पार्टी बाट लड्ने लाई भोट कहिलै न दिनु यिनी हरु थारु हरुको भोट बैन्क मात्र हुन। हामी थारु हरुको भोट लियर कुनै एकल कातिय सासक लाई बलियो बनायर थारु हरु माथी नै थिचो मिचो गरि हैकम चलाउन सहयोग गर्न बन्द गरौ। अब सम्पुर्ण थारु हरुको रोजाइ एक मात्र थारु हरुको पार्टी नागरिक उन्मुक्ती पार्टी बाहेक अरु कुनै हुनै सक्दैन तेसैले थारु दाजु भाइ दिदी बहिनी हरु हो अब त जागौ थारु हरु एक जुट भयर देखाइ देउ हामी मुल बाशी बुद्ध का सन्तान हरु ले चाह्यौ भने जे पनि गर्न सक्छौ। सोझा छौ भन्दै मा हामी लाई हेप्नु तिमी एकल जातिय सासक हरुको भुल हो भनी प्रमाणित गरि दिउ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *