कांग्रेसको समानुपातिकमा योगेन्द्र चौधरी र कल्पना चौधरी पहिलो नम्बरमा

नेपाली कांग्रेसको समानुपातिक सूचीतर्फ ७ जना थारूको नाम परेको छ। निर्वाचन आयोगमा बुझाएको अन्तिम नामावलीअनुसार थारू कलस्टरमा महिलातर्फ ४ जना र पुरुषतर्फ ३ जना परेका छन्।

सूचीअनुसार दाङका योगेन्द्र चौधरी पुरुषको १ नम्बरमा रहेका छन्। दोस्रो नम्बरमा मोरङका चुमनारायण तवेदानर र तेस्रो नम्बरमा फिरु राना रहेका छन्। चुम नारायण प्रदेश १ पूर्वसांसद समेत हुन्।

त्यस्तै महिलातर्फ पहिलो नम्बरमा मोरङकी कल्पना चौधरी, नवलपुरका विना थनेत, कैलालीका जीवन राना थारु र दाङकी सुशीला चौधरी रहेका छन्। कल्पना विजय कुमार गच्छदारकी बुहारी हुन्। उनी फोरम लोकतान्त्रिकबाट सभासद् हुँदै मन्त्रीसमेत भइसकेकी छन्।
त्यस्तै सुशीला चौधरी पनि संविधानसभा सदस्य भइसकेकी छन्।

यसअघि २०७४ को चुनावमा समानुपातिकबाट कांग्रेसका पदमनारायण चौधरी, नमिता कुमारी चौधरी र पार्वता डीसी चौधरी सांसद बनेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *