थारु समुदायमा मुर्गा पुज्ने र ‘पित्तर असरैना’ चलन

थारू समुदायले नवमीको दिन आज मुर्गा पुज्ना दिन (मुर्गा पुज्ने दिनं) का रुपमा मनाएका छन्। बिहानै नदी तलाउमा नुहाएर शुद्ध भई थारु समुदायले पितृको सम्झना गर्दै देउथानमा बत्ति बालेर मुर्गा पुजेका हुन्।

मुर्गा पुज्नुअघि देउथानमा रहेका देवताको अगाडि भात, तरकारी, घरैया रक्सी (घरमै बनेको मदिरा), पानी राख्नुपर्ने चरन चौधरीले बताए।
उनका अनुसार टपरीमाथि बह्रनी, जमरा, वेवरी, आदि चढाउनुपर्छ। चढाइएका खाद्य पदार्थ पितृले आएर ग्रहण गर्ने विश्वास थारु समुदायमा रहेको छ। सिन्दूरले देवतालाई टीका लगाइ जल, दूध, मदिराको धार देवतामा चढाउनुपर्छ। त्यसपछि मात्रै मुर्गा पुज्ने क्रम सुरु हुन्छ।

‘दुई वटा कुखुराको भाले दुई अलग अलग देवतालाई बलि चढाउनुपर्छ,’ पहरु दहितले भने, ‘बलि चढाएपछि धुप, बेवरी, जमरा चढाइ दूध, पानी, घरैया दारुको धार चढाइ मुर्गा पुज्ने क्रम सकिन्छ।’

मुर्गा पुज्ने कार्य सकिएपछि घरका सबैसँगै सबेर सामूहिकरुपमा भोजन ग्रहण गर्छन्। पितृलाई चढाइएका सामग्री नजिकको नदी, तलाउमा विर्षजन गर्न नृत्य टोलीसहित थारु समुदायका व्यक्ति जाने गर्छन्। जसमा महिलाको सक्रियता बढी रहने गर् । यस क्रममा नाचगान गरी रमाइलो गर्ने चलन रहेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *