पाँच वर्षभित्र सुरुङ्गामा नमुना काम गरेर देखाउँछौं : मेयर गीता चौधरी

सप्तरीको सुरुङ्गा नगरपालिकाका प्रमुख गीता चौधरीले शिक्षा, स्वास्थ्य र समाजका संवेदनशील वर्गको सुरक्षाको सबालमा नगरले आउने पाँच वर्षभित्र नमुना काम गर्ने बताएकी छन्। दसैं लगायतको चाडपर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नगरप्रमुखले सो कुरा बताएकी हुन्।

शिक्षाले मात्रै बेरोजगारी हटाउने तर्क गर्नुहुँदै नगरभित्र सबल नेपालले सम्मुनति कार्यक्रमअन्तर्गत शिक्षा, स्वास्थ्य र जीविकोपार्जनको क्षेत्रमा काम गर्दै आएको नगरप्रमुख चौधरीले जानकारी दिइन्। नगरभित्रका असहाय, ज्येष्ठ नागरिकहरुका निम्ति विशेष कार्यक्रम बनाउने उनले बताइन्।

वडामा ढलानभन्दा कालोपत्रे सडक तथा उपभोक्ता भन्दा टेण्डरमार्फत् काम गराएर दीर्घकालीन र गुणस्तरीय काम गर्न गराउन सुरुङ्गा नगरपालिका वडा नम्बर ८ का विमलप्रसाद चौधरीले सुझाए। धाँती प्रहरी चौकीका इन्चार्ज असई राजकिशोर पटेलले चाडपर्वको वखत हुनसक्ने अवाञ्छित गतिविधिवारे प्रहरी समक्ष जानकारी दिन आग्रह गरे।

जनकपुर चुरोट कारखानाका अवकाश प्राप्त प्रमुख नागेन्द्रप्रसाद चौधरीले विजया दशमीको मर्म नै दुराभावमाथि सत्य, न्याय र सुन्दर भावको जीत भएको बताए। समाजमा एकले अर्कोलाई दोषभन्दा आफ्नो ठाउँको जिम्मेवारी स्वयम निर्वाह गर्न सक्नुपर्ने उनको भनाइ थियो।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *