एमाले नेता एवं इटहरीका निवर्तमान मेयर द्वारिकलाल चौधरी माओवादी प्रवेश गर्दै

इटहरी उपमहानगरपालिकाका निवर्तमान मेयर द्वारिकलाल चौधरी माओवादी केन्द्र प्रवेश गर्ने भएका छन्। प्रदेशसभा सदस्यको उम्मेदवार बनाउने पक्का भएपछि उनी माओवादी केन्द्र प्रवेश गर्ने भएका हुन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हातबाट टीका लगाएर पार्टी प्रवेशका लागि उनी शनिबार काठमाडौं पुगेका छन्।

चौधरी मेयरमा दोहोरिन खोजे पनि उनको ५ वर्षे कार्यकाल विवादस्पद भएकाले एमालेले टिकट दिएन। त्यसपछि पनि संसदीय चुनावमा प्रदेशसभा भए पनि खाने भनेर बसेका चौधरीले त्यो संकेत नपाएपछि माओवादीबाट उम्मेदवार बन्न लागेका हुन्।

सोही क्षेत्रबाट माओवादीका सम्भावित उम्मेदवार समेत रहेका नेता शिव डाँगीले चौधरीलाई पार्टी प्रवेश गराएर टिकट दिने सम्भावना रहेको बताए। चौधरी सुनसरी क्षेत्र नम्बर २ को प्रदेशसभा क बाट उम्मेदवार बन्न लागेका हुन्। सो क्षेत्रमा यसअघि एमालेका सर्वध्वज साँवाले जितेका थिए।

गठबन्धनमा प्रतिनिधिसभाको सीट कांग्रेसको भागमा परेको छ। प्रदेशसभातर्फ पनि सो क्षेत्रका ख बाट कांग्रेसका राजीव कोइरालाले जितेका थिए। प्रदेशसभा क तर्फ नेकपा एसले पनि दावी गरेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *