रेशम चौधरी भेट्न किन जेल पुगे माधव कुमार नेपाल?

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल र डिल्ली बजारस्थित सदर जेलमा रहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ।

आसन्न प्रतिनिधिसभा तथा प्रदेशससभा निर्वाचनमा तालमेलको विषयमा छलफल गर्न नेपाल सदर जेल पुगेका हुन्। उनीहरूबीच करिब डेढ घन्टा छलफल भएको डिल्लीबजार करागार स्रोतले जानकारी दियो।

अध्यक्ष नेपालले आफूले पहिल्यैदेखि टीकापुर घटना राजनीतिक भएको र राज्यले पनि थारू विद्रोहको रुपमा लिनुपर्ने रेशमलाई आश्वासन दिएका थिए।

‘टीकापुर घटना राजनीतिक हो भनेर मैले पहिल्यैदेखि लबिङ गर्दै आएको छु। हाम्रै पहलमा मन्त्रिपरिषद्ले टीकापुर राजबन्दीहरूलाई रिहाइ प्रक्रियाको थालनी गरेको छ,’ उनले रेशमलाई भने।

उनले छिट्टै रिहाई हुने आश्वासनसमेत रेशमलाई दिएका थिए। उनीहरूबीच चुनावी तालमेलका विषयमा पनि छलफल भएको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *