कांग्रेसको थारू भातृसंस्थाले भन्यो- थारूलाई टिकट नदिए विद्रोह गर्छौं

नेपाली कांग्रेस निकट भातृ संस्था नेपाल थारु संघ उदयपुरले थारु समुदायको उम्मेदवारलाई टिकट नदिए विद्रोह गर्ने चेतावनी दिएको छ। बुधबार एक विज्ञप्ति जारी गर्दै आसन्न प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसले टिकट वितरणमा थारु समुदायलाई स्थान नदिए परिणाम प्रतिकूल आउने चेतावनी दिइएको हो।

नेपाल थारु संघ उदयपुरका सभापति डा. भोगेन्द्र चौधरीद्वारा जारी विज्ञप्तीमा प्रतिनिधिसभाका लागि उदयपुर क्षेत्र नं. १ बाट डा. भोगेन्द्र चौधरी र प्रदेशसभा १ (ख) मा देवीकुमारी चौधरीमध्ये एक जनालाई टिकट दिनुपर्ने माग गरिएको छ।

उदयपुर क्षेत्र नं. १ मा ३१ हजार बढी जनसंख्यामध्ये २१ हजार थारु मतदाता रहेको बताउँदै प्रतिनिधिसभा तथा प्रदेशसभाको समानुपातिक तर्फको बन्दसूचीमा कुनै पनि थारु समुदायको नाम समावेश नगर्नु राजनीतिक तथा सामाजिक विभेद् गरिएको विज्ञप्तिमा उल्लेख छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *