सुरेन्द्र चौधरीले दाङ १ मा उम्मेदवारी दिने, देउखुरीमा सुरु गरे चुनावी अभियान

नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ नेता सुरेन्द्र चौधरीले दाङ क्षेत्र नं १ बाट उम्मेदवारी दिने भएका छन्। अभियन्ता एवं थारू राजनीतिका जानकारसमेत रहेका उनी सो क्षेत्रमा चुनावी अभियानसमेत थालनी गरेका छन्।

मंगलबारदेखि उनले देउखुरीका विभिन्न क्षेत्रमा चुनावी अभियान थालेका छन्। टीकापुर घटना घटनाका राजबन्दी रिहाइका लागि सरकारी पक्षसँग निरन्तर लबिङ गर्दै आएका उनी थरुहट माग मुद्दा र अधिकार प्राप्तिका लागि निरन्तर आवाज उठाउँदै आएका छन्।

थारूहरूको सघन बस्ती रहेको देउखुरीमा गठबन्धनबाट मेटमणि चौधरी र नेकपा एमालेबाट शान्ता चौधरी वा गंगा सत्गौंवा थारुमध्ये एक जनाले उम्मेदवारी दिनेछन्। यसरी हेर्दा देउखुरीमा थारू समुदायका तीन जनाबीच कडा भीडन्त हुने देखिएको छ।

नेकपा एकीकृत समाजवादीको उक्त क्षेत्रमा एकदमै न्युन मत रहेको छ। आफ्नै वडा पराजित भएका मेटमणि उक्त क्षेत्रमा कमजोर मानिएको छ। यता नेकपा एमालेभन्दा गठबन्धनको मत धेरै छ। तर कांग्रेसले टिकट नपाएको झोँक मेटमणिको उम्मेदवारीमा पर्नसक्ने स्थानीयहरु बताउँछन्।

समग्रमा विश्लेषण गर्ने हो भने ढकिया चुनाव चिन्हबाट प्रतिनिधिसभाका लागि उठ्दै गरेका सुरेन्द्र चौधरी सबैका लागि खतरा हुनसक्छ। स्थानीयहरुले पनि सामाजिक, राजानीतिक र आर्थिक पाटोलाई मिहिन ढंगले विश्लेषण गर्नसक्ने सुरेन्द्रलाई जिताउनुपर्ने बताउँछन्। त्यसका लागि अन्य दलका रुस्टहरु पनि सुरेन्द्र चौधरीलाई जिताउने अभियानमा लागेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *