यी हुन् नागरिक उन्मुक्तिबाट कैलाली र कञ्चनपुरका उम्मेदवार

नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशअन्तर्गत दुई जिल्लाको उम्मेदवार टुंगो लगाएको छ। नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभाअन्तर्गत कैलालीको ५ क्षेत्र र कञ्चनपुरको ३ क्षेत्रमा उम्मेदवार टुंगो लगाएको हो।

ढकिया चुनाव चिन्हबाट कञ्चनपुर १ मा नन्दकुमार राना प्रतिनिधिसभामा उम्मेदवारी दिने भएका छन्। त्यस्तै कञ्चनपुर क्षेत्र २ मा डा. फूलराम चौधरी र निर्वाचन क्षेत्र ३ मा मुन्नी थारु उम्मेदवार बन्नेका भएका छन्।

त्यस्तै कैलाली क्षेत्र १ मा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले यसअघि नै उम्मेदवारी घोषणा गरिसकेकी छन्। यो क्षेत्र रेशम चौधरीको चुनाव क्षेत्र पनि हो।

त्यस्तै कैलाली क्षेत्र २ मा युवा नेता अरुण चौधरीले उम्मेदवारी दिँदैछन्। नेपाली कांग्रेस परित्याग गरेर नागरिक उन्मुक्तिमा आएका उनले प्रतिनिधिसभा निर्वाचनतर्फ बलिया उम्मेदवारसमेत हुन्। त्यस्तै निर्वाचन क्षेत्र ३ मा गंगा डंगौरा, क्षेत्र ४ मा कैँया चौधरी र ५ मा लक्ष्मण थारूले उम्मेदवारी दिने भएका छन्।

प्रधानमन्त्री पत्नीसमेत रहेकी आरजु राणा देउवा कैलाली ५ बाट उम्मेदवारी दिने तयारी गरे पनि नागरिक उन्मुक्ति पार्टीको बढ्दो लोकप्रियताका कारण उनी पछि हटेको कांग्रेसका नेताहरुले बताएका छन्। आरजु समानुपातिकर्फको बन्दसूचीमा परेकी छन्।

नागरिक उन्मुक्ति पार्टीले प्रदेशतर्फका उम्मेदवार भने छान्न सकेको छैन। आकांक्षीहरु धेरै भएकाले निर्णय लिन गाह्रो भएको नागरिक उन्मुक्ति पार्टीका एक नेताले बताए। ‘संघका लागि हामीले उम्मेदवारको टुंगो लगायौं। तर प्रदेशमा धेरै आकांक्षी भएकाले निर्णयमा पुग्न सकेका छैनौं। लोकप्रियता र जनाधर बढी भएका उम्मेदवारलाई नै हामीले अघि सार्छौं,’ ती नेताको भनाइ छ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रहेका रेशम चौधरीले प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिक गरी २५ सिट ल्याउने दाबी गरेका छन्। उनले सुदूरपश्चिम प्रदेशको सरकार बनाउने दाबीसमेत गरेका छन्।




One thought on “यी हुन् नागरिक उन्मुक्तिबाट कैलाली र कञ्चनपुरका उम्मेदवार

  1. यो चुनाव पहिचानवादी र पहिचान विरोधी बीचको युद्ध हो । ना ऊ पा को कुनै विकल्प छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *