कतारमा बस्ने थारू महिलाहरूले मनाए जितिया पर्व

कतारमा बस्ने थारू महिलाहरूले जितिया पर्व मनाएका छन्। थारू कल्याणकारिणी सभा कतार च्याप्टरको आयोजनामा शनिबार जितिया पर्वको आयोजना गरिएको सभापति श्याम चौधरीले जानकारी दिए।

कामको सिलसिलामा प्रवास पुगेका थारू महिलाहरूले पनि आफ्नो चाडपर्व मनाउन भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले बताए। ‘यसले विदेशमा पनि थारू चाडपर्वको जगेर्ना हुन्छ। साथै यहाँ बस्नुहुने थारू दिदीबहिनीहरूबीच आत्मियता हुन्छ,’ उनले थारुवानसँग भने।

कतार च्याप्टरका महिला विभाग प्रमुख पार्वती चौधरीको सभापतित्वमा भएको विशेष कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंईका अध्यक्ष पुरुषोतम सुनुवार प्रमुख अतिथि रहेका थिए।

त्यस्तै गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारका उपाध्यक्ष प्रेम चलाउने, समाजसेवी कमलमणि गुरागाईँ र विभिन्न संघसंस्थाका प्रतिनिधिहरू सहभागी थिए।

थाकस कतार च्याप्टरले विभिन्न सामाजिक कामहरू पनि गर्दै आएको छ। यस संस्थाले माघी मिलन कार्यक्रम आयोजना गर्नुका साथै नेपालमा बस्ने थारू समुदायमा आइपर्ने समस्याका बेला आर्थिक सहयोग गर्दै आएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *