संस्थापन पक्षलाई तेजुलाल चौधरीको चेतावनी- मनोमानी गर्ने हो भने मधेसमा कांग्रेस विलय हुन्छ

नेपाली कांग्रेसका पूर्व सांसद तेजुलाल चौधरीले आफूले सतप्रतिशत टिकट पाउने दाबी गरेका छन्। शेखर समूहको खबरदारी कार्यक्रममा बोल्दै उनले सप्तरी क्षेत्र नं ४ बाट गठबन्धन दलको साझा उम्मेदवार भएको बताए। ‘आउने चुनावमा म हन्ड्रेड परसेन्ट टिकट पाउने व्यक्ति। मेरो क्षेत्रमा अरु कसैले पनि दाबी पेस गरेको छैन। मेरो टिकट कन्फर्म हुँदाहुँदै पनि खबरदारी सभामा आएको छु,’ उनले भने।

उनले आफू थारु कलस्टरबाट सहमहामन्त्रीको उम्मेदवार भएको हिसाबले आफू खबरदारीसभामा आएको बताए।

उनले नेपाली कांग्रेसको सबैभन्दा राम्रो क्षेत्र मानिएको मधेस प्रदेश भएको बताए। तर पछिल्लो समयमा गठबन्धनको नाममा नेपाली कांग्रेस बन्धक बनेको आरोप लगाए। उनले गठबन्धनको नाममा आफूहरुलाई पनि न्याय हुनुपर्ने बताए। ‘हामीले पनि समानताको अवसर पाउनुपर्छ। समानुपातिकमा एक्लौटी गर्‍यो भने साथीहरू विद्रो गर्न सक्छ। कम्तिमा जित्ने साथीहरूलाई माइनस नगर्नुस्,’ उनले भने।

उनले कांग्रेस जित्ने क्षेत्रमा दुई चार हजार भोट भएको अरु पार्टीलाई टिकट दिन लागेको भन्दै आपत्ति जनाए। उनले मधेसमा कम्तिमा २० सिट लिनुपर्ने बताए। ‘मधेस हामीले कम्तिमा २० सिट पाउनुपर्छ। अनिमात्र कांग्रेसले बहुमतको सरकार बनाउन सक्छ। जति कम लिनुहुन्छ। त्यति बहुमत आउने सम्भावना कम हुन्छ।’ उनले यस्तै अवस्था रहे मधेसमा कांग्रेस विलय हुनसक्ने बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *