थारू कलाकारहरूले असोज १५ गते देउखुरीको राप्ति पुलमा प्रस्तुती दिने

आन्तरिक पर्यटकीय क्षेत्रको रुपमा रहेको दाङको देउखुरीस्थित नेपालकै दोस्रो ठूलो पुल परिसरमा थारू साँस्कृतिक कार्यक्रम हुने भएको छ। राष्ट्रिय थारू कलाकार मञ्च, केन्द्रीय कार्यालयको आयोजनामा असोज १५ गते कार्यक्रम आयोजना गरिएको छ।

दसैं विशेष साँस्कृति कार्यक्रम नाम दिइएको उक्त कार्यक्रममा नाच प्रतियोगितासमेत हुने संयोजक श्रीनारायण चौधरीले जानकारी दिए।

उनका अनुसार कार्यक्रममा गायिका अन्नु चौधरी, समिक्षा चौधरी, गायक रोशन रत्गैँया, दोषहरण, सालिकराम, देविराम, राजेन्द्र , गौतम चौधरीको प्रस्तुती रहनेछ।

त्यस्तै मोडेल अन्जु चौधरी र समु चौधरीको पनि विशेष प्रस्तुती रहने छ। संयोजक चौधरीका अनुसार स्थानीय कलाकारहरूको पनि बेजोड प्रस्तुती रहने छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *