उत्कृष्ट फरवार्ड आशिष चौधरीको राष्ट्रिय टिममा ‘इन्ट्री’

नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीले अर्को साता खेल्ने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि टोली घोषणा गर्दा थारु समुदायका आशिष चौधरी पहिलो पटक राष्ट्रिय टोलीमा समावेश भएका छन्।

आशिषले भने बी डिभिजन लिगमा चर्च ब्वाइज युनाइटेडलाई च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। आशिषले चर्च ब्वाइजका लागि बी डिभिजन लिगको १२ खेलमा ४ गोल गरेका थिए। बायाँ खुट्टा चलाउने उनी तीव्र गतिका लागि चिनिन्छन्। उनी बी डिभिजनको उत्कृष्ट खेलाडी पनि चुनिएका थिए। आशिषकै उच्च प्रदर्शनमा चर्च ब्वाइजले ए डिभिजन लिगको यात्रा तय गरेको थियो।

टिमबाट सुनिल बल र नवयुग श्रेष्ठ टिमबाट बाहिरिएका छन्। प्रशिक्षक हुमागाईले सुनिल चोटका कारण र नवयुगमा केही कमीकमजोरी रहेको कारण टोलीमा नपरेको बताए। ऋतिक खड्का र आशिष चौधरीले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। पत्रकार सम्मेलनमा हुमागाईले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेल जित्नकै लागि खेल्ने बताए।

त्यस्तै सहायक प्रशिक्षक युगल किशोर राईले आफूले यसअघि नेपाली फुटवलमा भोगेको दवाव नै अहिलेको अनुभव भएको बताए। उनले बन्द प्रशिक्षणपछिको अवस्थामा खेलाडीहरुले मेहनत गरेकाले राम्रो नजिता निकाल्ने विश्वास व्यक्त गरे। नेपालले असोज ११ गते दशरथ रंगशालामा बंगलादेशविरुद्ध एक मैत्रीपूर्ण खेल खेल्ने छ।




One thought on “उत्कृष्ट फरवार्ड आशिष चौधरीको राष्ट्रिय टिममा ‘इन्ट्री’

  1. बधाई छ भाइहरुलाई नेपालकाे ईतिहास रचनु देशबिदेशमा नाम कमाउनु

Leave a Reply

Your email address will not be published. Required fields are marked *