नागरिक उन्मुक्तिले भन्यो- हाम्रा उम्मेदवारले चुनाव खर्च पहिल्यै बुझाइसके

नागरिक उन्मुक्ति पार्टीको जानकी गाउँ कमिटीले आफ्ना उम्मेदवारहरुले स्थानीय तह निर्वाचनको खर्च विवरण बुझाइसकेको बताएको छ। जानकीका इन्चार्ज फागुराम चौधरीले निर्वाचन खर्च बुझाएर आफूहरुले पाउनुपर्ने धरौटीसमेत फिर्ता लिइसकेको जानकारी दिएका छन्।

‘कैलालीको जानकी गाउँपालिकाका नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारहरुले निर्वाचन खर्च निर्वाचन अधिकृतको कार्यालय दुर्गौलीमा निर्वाचन अधिकृत विश्वदिप बेस्रालाई चुनाव खर्च विवरण बुझाइसकिएको जानकारी गराउँछौं,’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

निर्वाचन अधिकृत बेस्राले लापरबाही गरेको नागरिक उन्मुक्तिले ठहर गरेको छ। ‘तोकिएको समयमै पार्टीका उम्मेदवारले चुनावी खर्च विवरण बुझाउँदा पनि निर्वाचन अधिकृतको गैरजिम्मेवारीका कारण निर्वाचन खर्चन नबुझाएको पर्न गएकाले यसको जिम्मेवारी निर्वाचन अधिकृतले ने लिनुपर्ने पार्टीको ठहर छ। निर्वाचन अधिकृतको गैरजिम्मेवारीप्रति जानकी गाउँ कमिटी खेद प्रकट गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारलाई जरिवानाको भागिदार नबनाउन निर्वाचन आयोगलाई आग्रह गरिएको छ। ‘निर्वाचन अधिकृतको बेवास्ताले नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारका साथै पार्टीको नै बदनाम गर्ने कार्य भएकाले नागरिक उन्मुक्ति पार्टी कानुनीरुपमा अघि बढ्ने र विभिन्न दबाबमूलक कार्य अगाडि बढाउने यसै विज्ञप्तिमार्फत् जानकारी गराउँदछौं,’ विज्ञप्तिमा भनिएको छ।

 

 

 

 

 

 

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *