निसराउले असोज १५ गते देउखुरीमा निःशुल्क स्वास्थ्य शिविर गर्ने
![निसराउले असोज १५ गते देउखुरीमा निःशुल्क स्वास्थ्य शिविर गर्ने](https://www.tharuwan.com/wp-content/uploads/2022/09/Nisraw-Samuh1.jpg)
देउखुरी निसराउ समूह काठमाडौंले दाङको देउखुरीमा निशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ। सो समूहले गढवा गाउँपालिका-५ स्थित श्रीमाबि चैनपुरमा असोज १५ गते निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको हो। शिविरको सुमद्घाटन सहरी विकास मन्त्री मेटमणि चौधरीले गर्नेछन्। लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रजीत चौधरी पनि शिविरमा सहभागी हुनेछन्।
देउखुरी निसराउ समूहका अध्यक्ष शिव चौधरीले एक विज्ञप्ति जारी गर्दै उक्त निःशुल्क स्वास्थ्य शिविरबारे जानकारी दिए। उनका अनुसार शिविरमा हाडजोर्नी विशेषज्ञ डा. राजेश कुमार चौधरी, इन्डोक्राइनोलोजिस्टडा सुनिलचौधरी, स्त्री रोग विशेषज्ञ, जनरल फिजिसियन, आँखा विशेषज्ञ, दन्त चिकित्सकलगायतको सेवा निशुल्क उपलब्ध हुनेछ।
साथै, मेडिकलअफिसरहरु डा. पुष्प भुसाल, डा. संगम सिंह, डा. केदार अधिकारी, डा. कौशल गिरी, डा. रुविनाचौधरी, डा. सुदीप चौधरीलगायतले विरामी जाँच गर्नेछन्।
समूहका उपाध्यक्ष शत्रुघन चौधरीले गढवा गाउँपालिका, फ्लोरेन्स हस्पिटल, ट्रमा सेन्टर, लमही आँखा अस्पताल, नोभा केयर फिजियो थेरापीको सहकार्य हुने जानकारी दिए। उनका अनुसार थारु कल्याणकारिणी सभा, गढवाको सहआयोजनामा कार्यक्रम हुने भएको छ।
विसं २०७० सालमा स्थापना भएको निसराउले विभिन्न सामाजिक काममा भूमिका निर्वाह गर्दै आएको छ। यसअघि म्याराथनको आयोजना, कोभिडकालमा राहत वितरण, बाढी पीडितलाई सहयोग, दाङको लामहीमा अक्सिजन प्लान्ट स्थापनालगायतका काममा आर्थिक सहयोग गरेको थियो।
Great work