थाकस कैलालीले सुरु गर्‍यो सदस्यता वितरण एवं नवीकरण अभियान

थारू कल्याणकारिणी सभा कैलालीले सदस्यता वितरण सुरु गरेको छ। सभाले लम्की चुहाबाट नयाँ सदस्यता वतरण एवं नवीकरणको शुभारम्भ गरेको हो।

मंगलबार लम्कीचुहा-४ मा आयोजित कार्यक्रममा थाकस जिल्ला सल्लाहकार चित्रबहादुर चौधरीलाई आजीवन सदस्यता प्रदान गरिएको कार्यबाहक सभापति माधव थारुले जानकारी दिए।

सोही अवसरमा वडास्तरीय समिति पनि गठन भएको छ। माधव थारुका अनुसार रामजी चौधरीको नेतृत्वमा १५ सदस्यीय थारू कल्याणकारिणी सभा लम्कीचुहा वडा ४ गठन भएको छ।

थाकस केन्द्रीय समितीले महाधिवेशनलाई केन्द्रित गर्दै सदस्यता वितरण एवं नवीकरण गर्न मातहतका जिल्ला शाखा र भातृसंस्थाहरुलाई परिपत्र जारी गरेको छ। थाकसले छिट्टै महाधिवेशन गर्ने तयारी गर्दैछ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *