नागरिक उन्मुक्ति पार्टीले बुझायो सामानुपातिकतर्फको बन्दसूची

रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले सामानुपातिकतर्फको बन्दसूची पेस गेरको छ। पार्टीफ अध्यक्ष रन्जिता चौधरीसहितका नेताहरू सोमबार निर्वाचन आयोगमा पुगेर बन्दसूची पेस गरेका हुन्।

पहिलोपटक संसदीय निर्वाचनमा सहभागी हुन लागेको नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभा र सातवटै प्रदेशमा समानुपातिकतर्फको बन्दसूची पेस गरेको हो।

स्थानीय निर्वाचनअघि पार्टी स्थापना गरेको रेशम चौधरीले कैलालीमात्रै चार पालिका जितेको थियो। मंसिर ४ गतेको निर्वाचनमा पनि राष्ट्रिय दल बन्ने अठोट चौधरीको छ। उनले प्रत्यक्ष र समानुपातिक गरी २५ सिट जित्ने दाबीसमेत गर्दै आएको छ।

पहिलो प्रतिनिधिसभा निर्वाचनमा कैलाली १ बाट विजयी भएका रेशम चौधरीले सो क्षेत्रबाट पत्नी रन्जितालाई उठाउने घोषणा गरेका छन्।

तस्बिर : लोकान्तर डटकम




Leave a Reply

Your email address will not be published. Required fields are marked *