थारू महिला सभाले असोज २ गते काठमाडौंमा जितिया मनाउने

थारु महिला सभाले आगामी असोज २ गते काठमाडौंको राष्ट्रिय जितिया महोत्सव २०७९ मनाउने भएको छ। थारु महिला सभाले काठमाडौंमा पत्रकार सम्‍मेलेन गरेर यस वर्षको राष्ट्रिय जितिया महोत्सव काठमाडौंको राष्ट्रिय नाँचघरमा मनाउने जानकारी दिएको हो।

थारु महिला सभाकी अध्‍यक्ष लिलम कुमारी चौधरीले यसपटक नाँचघर जमलमा जितिया महोत्सवको आयोजना गरिएको बताइन्। उनले भनिन्, ‘तराईका आदिवासी थारु महिलालगायत अन्‍य समुदायले पनि जितियालाई धुमधाम मनाउँदै आइरहेका छन्। हामी काठमाडौंमा बसेका थारु महिलाहरु भने २० वर्षदेखि महोत्सवको रुपमा मनाउँदै आएका छौं। यस पटक पनि मनाउने तयारीमा जुटेका छौं।’

उनका अनुसार यसपटक पनि जितियामा विभिन्‍न नाचगान, सास्कृतिक झाँकी र व्रतालुहरुको लागि जितमहानको मूर्ति दर्शन गराउने कार्यक्रम रहेको छ। उक्त कार्यक्रममा प्रमुख अथितिको रुपमा सरकारका शहरी विकासमन्त्री मेटमणि चौधरी प्रमुख अथितिको रुपमा रहेन आयोजकले जनाएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *