थारू समुदायको हस्तकलालाई विहार सरकारले ‘ब्रान्डिङ’ गर्ने

छिमेकी मुलुक भारतमा बस्ने थारूहरुको हस्तकलालाई विहार सरकारले ब्रान्डिङ गर्ने भएको छ। भारतमा बसोबास गर्ने करिब पाँच लाख थारूमध्ये डेढ लाख बढी विहारमा बस्छन्। विहारको पूर्वी चम्पारण आदिवासी थारूहरुको आधार इलाका पनि हो।

थारू समुदायले बनाएका हस्तकलालाई अन्तर्राष्ट्रियरूपमा प्रबर्द्धन गर्न विहार सरकार सहमत भएको हो। विहारमा थरुहटको राजधानीको नामले चिनिने हरनाटान्डमा बुधबार एसटी-एससी कल्याण विभागका सचिव दिवेश सेहरा, चम्पारणका डीएम कुन्दन कुमारलगायतका सरकारी अधिकारीहरुले थरुहट भूमिलाई रोजगारको केन्द्र बनाउने नीति अवलम्बन गरेका छन्।

रोजगार केन्द्र निर्माणका लागि सरकाररले छिट्टै सडक विस्तार गर्ने बताएको छ। थारू समुदायले हस्तकलाको माध्यमबाट बनाएरका सामग्रीहरू सजिलै बिक्री वितरण गर्ने उद्देश्यले सडक सञ्जाललाई जोड्ने सचिव दिवेशले जानकारी दिए।

थारू समुदायकी अगुवा रुक्मिणी देवीले ठाउँ अभावमा उत्पादन बढाउन नसकेको बताएकी थिइन्। उनले आफूहरुले उत्पादन गरेको बस्तु तीन महिनामै खपत हुने गरेको बताक्षन्। बुनाई केन्द्रलाई अझ स्तरीय बनाउन विहार सरकारले सहयोग गर्ने सचिव दिवेशले आश्वासन दिए।

त्यतिमात्र होइन, हरनाटान्डमा रहेको गर्ल्स होस्टेललाई पनि सरकारले स्तरीय बनाइदिने भएको छ। भवन निर्माणदेखि जेनेटर उपलब्ध गराउने वाचा विहार सरकारले गरेको छ। कम भोल्टेजका कारण बत्तिको समस्या भएको गुणासोपछि सरकारले जेनेटेर उपलब्ध गराउने वाचा गरेको हो।

प्रभात खबरका सम्पादक अशुतोष चतुर्वेदीको सहयोगमा




Leave a Reply

Your email address will not be published. Required fields are marked *