जेलमा भोटको हिसाब गर्दै रेशम चौधरी, यी हुन विजय सुनिश्चित दाबी गरिएका क्षेत्र (डकुमेन्टसहित)

डिल्लीबजारस्थित सदर जेलमा रहेका रेशम चौधरीको दिनचर्या यतिबेला नेता-कार्यकर्ताहरुलाई भेट्दै बित्छ। नेता-कार्यकर्ताहरुले नागरिक उन्मुक्ति पार्टी प्रवेश गर्नेदेखि टिकटका लागिसमेत जेल आउने गरेको उनी बताउँछन्।

त्यसबाहेक के गर्छन्? उनी भन्छन्, ‘मंसिर ४ गते हुने निर्वाचनमा हाम्रो पार्टीले कुन कुन क्षेत्रमा कस्तो नतिजा ल्याउँछ भन्ने हिसाबमै बित्छ।’

तत्कालीन राजापाबाट बहुमतका साथ कैलाली १ बाट विजयी भएका रेशम चौधरी आउँदो संसदीय निर्वाचनमा प्रतिनिधिसभातर्फ २५ बढी सिट जित्ने आँकलन गरेका छन्। उनको चार पन्ने हिसाबमा कैलालीको पाँच वटै क्षेत्र जित्ने दाबी गरिको छ।

त्यस्तै कञ्चनपुरको दुबै क्षेत्र, बर्दियाको दुवै क्षेत्र र बाँकेको १ र ३ क्षेत्र जित्ने दाबी गरिएको छ। रेशमले सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा मात्रै प्रत्यक्ष र समानुपातिकतर्फ १५ सिट जित्ने दाबी गरेका छन्।प्रदेशसभातर्फ पनि सुदूरपश्चिम प्रदेशमा १९ र लुम्बिनीमा पनि १९ सिट जित्ने दाबी गरेका छन्।

रेशमले आगामी निर्वाचनपछि सुदरपश्चिम सरकारको नेतृत्व गर्ने दाबी गरेका छन्। सम्भवत लुम्बिनीमा पनि सरकारको नेतृत्व गर्नसक्ने उनको दाबी छ।

रेशमले कर्णाली र गण्डकीबाट समानुपातिकतर्फ सम्मानजनक मत ल्याउने दाबी गरेका छन् भने बागमती प्रदेशमा प्रत्यक्ष र समानुपातिक गरी ३ सिट जित्ने दाबी गरेका छन्। त्यस्तै मधेस प्रदेश र प्रदेश १ मा संघतर्फ ३ र प्रदेशतर्फ १४ सिट जित्ने दाबी गरेका छन्।

त्यतिमात्र होइन, राष्ट्रियसभा निर्वाचनमा पनि आफ्नो पार्टीबाट सम्मानजनक सहभागिता हुने उनको दाबी छ। राष्ट्रपति निर्वाचनमा पनि नागरिक उन्मुक्ति पार्टीले मत प्रभावित पार्नसक्ने उनको आँकलन छ।

हेर्नुस् उनको हिसाब किताब




2 thoughts on “जेलमा भोटको हिसाब गर्दै रेशम चौधरी, यी हुन विजय सुनिश्चित दाबी गरिएका क्षेत्र (डकुमेन्टसहित)

  1. शुभकामना छ बिजयी सुनिस्चितको लागि।

  2. नेपाल् मा यौता कैदि बन्दी लाई पनि चुनाब जिताउछ्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *