लालबहादुर र अस्मिता बने मिस्टर एण्ड मिस थारू

चौथो संस्करणको मिस्टर एण्ड मिस थारूको उपाधि बर्दियाका लालबहादुर रत्गैँया र अस्मिता चौधरीले जितेका छन्।
शनिबार साँझ काठमाडौँमा भएको ग्राण्ड फिनालेमा १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै बर्दियाकी अस्मिता चौधरीले मिस थारुको उपाधि जितेकी हुन्। उनले उपाधिसँगै नगद ५० हजार, क्राउन र अन्य विभिन्न उपहार प्राप्त गरिन्।

त्यस्तै चितवनकी सोनुकुमारी महतो फस्ट रनरअप भइन्। उनले नगद ३० हजार, क्राउनलगायत अन्य उपहारहरु प्राप्त गरिन्। सप्तरीकी सुदिक्षा चौधरी सेकेण्ड रनरअप भइन्। उनले नगद २० हजार, क्राउनलगायत उपहार प्राप्त गरिन्।

त्यसैगरी १५ जना प्रतिस्पर्धीलाई पछि पार्दै बर्दियाकै लालबहादुर रत्गैँया मिस्टर थारु २०२२ को उपाधि जित्न सफल भएका हुन्। उनले पनि नगद ५० हजार र विभिन्न उपहारहरु प्राप्त गरे।

सप्तरीका रोशन चौधरी फस्ट रनरअप भए। उनले नगद ३० हजार र अन्य उपहार प्राप्त गरे भने पर्साका लिलानाथ प्रसाद थारु सेकेण्ड रनरअप भए। उनले २० हजार नगद र अन्य उपहारहरु प्राप्त गरे।

त्यस्तै प्रतियोगितामा विभिन्न अवार्डहरुसमेत प्रदान गरिएको छ। मिस थारुतर्फ ट्यालेन्ट अवार्ड सोनु महतो, पर्सनालिटी अवार्ड रञ्जु चौधरी, बेस्ट वाक बिना धमलहवा थारु, कल्चर रिप्रिजेन्टिटिभ अवार्ड सुष्मा कुमारी चौधरी, डिसिपिलन अवार्ड केनिशा चौधरी, फोटोजेनिक र खल्ती पब्लीक च्वाईस अवार्ड रेनुका चौधरीले प्राप्त गरिन्।

त्यस्तै मिस्टर थारुतर्फ ट्यालेन्ट अवार्ड असिम थारु, पर्सनालिटी अवार्ड लालबहादुर रत्गैया, बेस्ट वाक आशिष चौधरी, कल्चर रिप्रिजेन्टिटिभ अवार्ड आशिष थारु, डिसिपिलन अवार्ड हेमन्त चौधरी, फोटोजेनिक अवार्ड लिलानाथ प्रसाद थारु र खल्ती पब्लीक च्वाईस अवार्ड राजीव चौधरीले प्राप्त गरे।

विजेताहरुलाई प्रतियोगिताका मुख्य निर्णायक कलाकार तथा निर्देशक निश्चल बस्नेत, निर्णायकहरु कलाकार प्रदीप चौधरी, जह इन्टरटेनेमन्ट प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेश चौधरी, इभेन्ट डाइरेक्टर रुपेश चौधरी, निर्देशक जयस चौधरीलगायतले पुरस्कार वितरण गरेका थिए ।

तस्बिर : रजनिकान्त जसराज




Leave a Reply

Your email address will not be published. Required fields are marked *