ललिता थरुनीले जन्माइन् तिम्ल्याहा

वीरगन्जकाे प्रभु हस्पिटलमा एक महिलाले तीन जना शिशुको जन्म दिएकी छन्। पर्सागढी नगरपलिका वडा नंबर ९ का वृज चौधरी थारुकी पत्नी ललिता देवी थरुनीले ३ जना बच्चाको जन्म दिएकी अस्पतालले जनाएको छ।

विहे भएकाे १० बर्षपछि चाैधरी दम्पतीले एकैपटक तीन जना छाेराको जन्म दिएका हुन्। सन्तान प्राप्तिका लािग १० वर्षदेखि विभिन्न अस्पताल चहार्दाचहार्दै उपचार नभएपछि आइभीएफ प्रविधि अपनाएर गर्भ बसेको थियो।

आर्थिक अवस्था कमजोर भएका थरुनीलाई प्रभु हस्प्टिलका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. लक्ष्मी थापाको टिमले शल्यक्रिया गरेर बच्चाको जन्म गराएको हो।

सुत्केरीकाे बेथा लागेपछि थरुनीलाई विभिन्न अस्पतालमा लग्दा अन्यत्र लैजान सल्लाह दिए पनि प्रभु हस्पिटलका डाक्टरले जोखिम मोलेर शल्यक्रिया गरेका हुन्। हालः आमा र तीन जनै बच्चा सकुसल रहेकाे अस्पतालले जनाएकाे छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *