प्रतिनिधिसभा निर्वाचनका लागि बारामा तीन जना थारु नेताको एकल सिफारिस

मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बाराबाट तीन जना थारू नेताको एकल सिफारिस परेको छ। बाराको क्षेत्र नं १ मा कांग्रेस नेता उमाकान्त चौधरीको एकल सिफारिस परेको छ।

शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनी खानेपानी मन्त्रीसमेत रहेका छन्। अघिल्लो निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका उमाकान्त चौधरी सो क्षेत्रका प्रभावशाली मानिन्छन्।

त्यस्तै क्षेत्र नं २ मा एमालेबाट बलविर चौधरीको एकल नाम सिफारिस परेको छ। संविधानसभा सदस्यसमेत रहिसकेका उनी अघिल्लो निर्वाचनमा पराजित भएका थिए। पार्टीको केन्द्रीय सदस्यसमेत रहेका बलवीर शालीन नेताको रुपमा चिनिन्छन्।

त्यस्तै बारा क्षेत्र नं ४ मा एमालेबाट देवनारायण चौधरीको एकल सिफारिस परेको छ। अघिल्लो निर्वाचनमा पराजित भएका उनी यसपटक फेरि प्रतिनिधिसभाका लागि उम्मेदवारी दिने भएका हुन्। उनी बाराको एमाले अध्यक्ष पनि हुन्।




One thought on “प्रतिनिधिसभा निर्वाचनका लागि बारामा तीन जना थारु नेताको एकल सिफारिस

  1. सब चौधरी सब दिन ढोङ्रे पहडियाके गुलामी कर रेशम चौधरिके पार्टी सिन उठ थारु सब कहिया सजग हेते हाइ रे बाप

Leave a Reply

Your email address will not be published. Required fields are marked *