नागरिक उन्मुक्तिबाट बर्दियामा को को परे सिफारिसमा?

नागरिक उन्मुक्ति पार्टी बर्दियाले क्षेत्र १ मा प्रत्यक्ष र समानुपातिक उम्मेदवारको सिफारिस टुंगो लगाएको छ। कांग्रेसबाट नागरिक उन्मुक्ति पार्टीमा आएकी सोमती थारुका अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ क्षेत्र १ मा पर्शुराम चौधरीलाई सर्वसम्तले एक सिफारिस गरेको छ।

त्यस्तै समानुपातिक तर्फ दीपककुमार चौधरी र जोधनी थारुको नाम सिफारिस गरिएको छ।
त्यस्तै प्रदेशसभातर्फ प्रत्यक्षमा मुकेश कुमार थारू, धर्मेन्द्र कुमार थारू, फत्तेसिंह थारु, ठाकुर सिंह थारू, सोमती थारू (आकाश), हरिराम चौधरीलगायत रहेका छन्।

नागरिक उन्मुक्ति पार्टीले यसअघि नै बर्दिया २ मा रेशम चौधरीको उम्मेदवारी हुने घोषणा गरेको थियो। कानुनी अड्चन नआए सो क्षेत्रमा प्रतिनिधिसभातर्फ रेशम चौधरी र प्रदेशसभातर्फ मोहन चौधरीले उम्मेदवारी दिने बताइएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *