सुनसरी ३ मा एकल सिफारिस भएका गच्छदारलाई चुनाव लड्न कानुनले रोक्छ?

सांसद पदबाट निलम्बनमा परेका नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार सुनसरी क्षेत्र नम्बर-३ बाट सर्वसम्मत उमेदवार सिफारिस भएका छन्।

कांग्रेसका क्षेत्रीय सभापति मेहेदी हुसेनका अनुसार गच्छदारको नाम क्षेत्रीय समितिले सर्वसम्मत रूपमा सिफारिस गरेको हो। उनीबाहेक सुनसरी-३ बाट संघीय निर्वाचनमा प्रतिस्पर्धा गर्नका लागि अरू कसैको पनि नाम सिफारिस गरिएको छैन।

काठमाडौंको बालुवाटारस्थित ललिता निवास जग्गा निजीकरण प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दोषी दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेपछि गच्छदारको सांसद पद निलम्बनमा छ। तर, उनै निलम्बित सांसदलाई कांग्रेस सुनसरी-३ ले पुनः सांसदको उमेदवारीका लागि एकल नाम सिफारिस गरेको हो।

ललिता निवास जग्गा प्रकरणको मुद्दामा अहिले पनि विशेष अदालतमा विचाराधीन छ। अदालतबाट सफाइ नपाउँदासम्म गच्छदार चुनाव लड्न नपाउने कानुनविद्हरुको भनाइ छ।

२०७४ को निर्वाचनमा एमालेकी भगवती चौधरीलाई हराएर गरेर प्रतिनिधि सभामा छैटौंपटक जितेका कांग्रेस नेता गच्छदार २०७६ माघ २२ मा भ्रष्टाचार मुद्दा लागेपछि सांसद पदबाट निलम्बित भएका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *