मोरङ ४ मा युवा नेता अमनलाल मोदीको एकल सिफारिस

मोरङ ४ मा प्रतिनिधिसभा निर्वाचनका लागि माओवादी केन्द्रले अमनलाल मोदीलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ। आइतबार बसेको निर्वाचन क्षेत्रीय समितिको बैठकले ४ मंसिर हुने प्रतिनिधिसभाको निर्वाचनका लागि सर्वसम्मतले एकल  उम्मेदवार सिफारिस गरेको हो।

२०७४ को निर्वाचनमा मोरङ ४ मा वाम गठबन्धनको तर्फबाट उम्मेदवार भएका मोदीले नेपाली कांग्रेसमा प्रभावशाली उम्मेद्वार महेश आचार्यलाई पराजित गरेका थिए मोदी ३३ हजार ५ सय २९ मत ल्याएर विजयी हुँदा आचार्यले २६ हजार ८ सय मत प्राप्त गरेका थिए।

युवा नेताको पहिचान बनाएका मोदीले थारु समुदायका माग मुद्दाका विषयमा निरन्तर आवाज उठाउँदै आएका छन्। उनले संसदमा होस् या अन्य कार्यक्रममै किन नहोस् आदिवासी थारूले पाउनुपर्ने हकको विषयमा बोल्दै आएका छन्।

उनले टीकापुर घटना, रेशम चौधरीको रिहाइ, थारु कोटालगायतका विषयमा पनि संसदमा आवाज उठाउँदै आएका छन्।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *