नागरिक उन्मुक्ति पार्टीले माग्यो समानुपातिकतर्फको उम्मेदवार

काठमाडौं : रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले समानुपातिकतर्फको उम्मेदवार बन्न इच्छुकहरुलाई भदौ २४ गतेभित्र नाम दर्ता गराउन आह्वान गरेको छ। उक्त पार्टीले मतहतका निकायहरुलाई परिपत्र जारी गर्दै समानुपातिक उम्मेदवार माग गरेको हो।

निर्वाचन आयोगले तोकेको नियमावली र संविधानतः उमेर पुगेकाहरुले नाम दर्ता गराउन सकिने पार्टी अध्यक्ष रञ्जिता चौधरीले जानकारी दिइन्। समानुपातिक उम्मेदवार बन्न विभिन्न जिल्लामा सम्पर्क व्यक्ति तोकिएका छन्।

जसमध्ये कैलालीका लागि बुद्धि प्यासी चौधरी, कञ्चनपरका लागि नन्द राना वा पतिराम थारु, सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको हकमा नेत्रप्रसाद जोशी, कर्णाली प्रदेशका लागि महेन्द्र उपाध्याय, बर्दियाका लागि मोहन थारु, बाँकेका लागि सुरेश थारु र दाङका लागि सुरेन्द्र चौधरी रहेका छन्।

त्यस्तै रुपन्देहीदेखि नवलपरासीसम्म धनिराम चौधरी, बारा र पर्साका लागि लक्ष्मण जेगेठ्वा, रौतहटका लागि कृष्णनाथ चौधरी, सर्लाहीका लागि सितशकुमार सिंह, सप्तरीमा विजेन्द्र प्रसाद चौधरी, सुनसरीमा अक्षय चौधरी र उदयपुरमा बद्री नारायण चौधरी रहेका छन्।

त्यस्तै प्रदेश १ का लागि जीवन धामी चौधरी र काठमाडौं उपत्यकाका लागि हिञ्चलराज भट्टराई रहेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *