थारु पर्व बड्की आइतबारको अवसरमा सार्वजनिक विदा

रूपन्देही तिलोत्तमा नगरपालिका र ओमसतिया गाउँपालिकाले भदौ १९ गते आइतबार सार्वजनिक बिदा दिने भएका छन् । थारु समुदायको बड्की आइतबारका अवसरमा तिलोत्तमाभित्र सार्वजनिक बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् ।

नगरले नगरपालिकाका कार्यालय, मातहतका वडा कार्यालयहरु, विषयगत शाखा कार्यालयहरु, स्वास्थ्य संस्थाहरु र सामुदायिक तथा संस्थागत विद्यालयहरुमा स्थानीय बिदाबाट कट्ने गरी नगरपमुखस्तरीय निणर्यबाट बिदा दिइएको जनाइएको छ ।

यस्तै ओमसतिया गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीद्वारा जारी विज्ञप्तिमा आकस्मिक सेवा र बर्थिङ सेन्टरबाहेकलाई सार्वजनिक विदा दिएको उल्लेख छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *