थरुहट कोचिला प्रदेशका लागि विराटनगरमा निरन्तर धर्ना

जितेन्द्र ठाकुर

प्रदेश १ सभाको ५ वर्षे कार्यकालको अन्तिम बैठक चलिरहँदा बाहिर प्रदर्शन भएको छ। प्रदेशसभाको चालु बजेट अधिवेशनको अन्तिम बैठक बसेपछि थरुहट कोचिला प्रदेशको नमाकरण गनुपर्ने भन्दै प्रदेशसभा बाहिर प्रदर्शन भएको हो।

प्रदेश २ अन्तर्गत पर्ने सप्तरी जिल्लाका थारु अगुवाहरुले समेत प्रदेशको नाम थरुहट कोचिला राख्नुपर्ने भन्दै प्रदर्शन गरेका हुन्।

प्रदेशसभा अगाडि थरुहट कोचिला संयुक्त संघर्ष समिति प्रदेश १ र बहुल राष्ट्रिय समाजवादी पार्टी नेपाल प्रदेश १ ले  संयुक्तरुपमा प्रदर्शन गरेका हुन्। अरु दिन प्रदेशसभाको बैठक सुरु हुनसाथ लिम्बुवान किराँत प्रदेश नामाकरणको माग गर्दे संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले प्रदर्शन गर्दे आए पनि अन्तिम बैठकमा प्रदर्शन गरेन।

किशोर कुमार विश्वासको नेतृत्वमा रहेको बहुल राष्ट्रिय समाजवादी पार्टी नेपाल प्रदेश १ ले संयुक्तरुपमा अगाडि थरुहट कोचिला संयुक्त संघर्ष समिति प्रदर्शन गरेका हुन्। प्रदेश १ ऐतिहासिक अधारमा थारु र राजवंशीको भूमि भएकाले प्रदेश १ को नामाकरण गर्दा थरुहट कोचिला राख्नुपर्ने उनीहरुले माग गरेका हुन्।

थरुहट कोचिला बाहेकका नाम आफूहरुले स्वीकार नगर्ने बहुल राष्ट्रिय समाजवादी पार्टी नेपालका अध्यक्ष किशोर कुमार विश्वासले बताए। उनले संघीयतामा मुलुक गएपछि ऐतिहासिक पहिचानको अधारमा थारु र राजवंशीलगायतका तराईका आदिवासी जनजातिको पहिचानको अधारमा नमाकरण प्रदेशको नभए आफू आन्दोलनमा जाने बताए।

पाँच वर्षसम्म नमाकरण गर्न नसक्ने प्रदेशसभाका सांसदलाई निक्मा भन्दै उनले भने, ‘९० जना सांसद भत्ता र सुविधा लिनमात्र लगेकाले नमाकारण हुन नसकेको हो।’

थारु र राजवंशीको पहचानको मेटिने काम भए राष्ट्रिय मुक्ति आन्दोलनमा जाने उनले बताए। ‘अहिले कास्टिङमात्र हो। अब आन्दोलनको आँधीबेहरी ल्याउनेछौं,’ उनले भने।

पहिचान स्थापना गर्न जुनसुकै बलिदानी दिन भूमिपुत्र थारु, मधेसी तयार रहेको बताउँदै उनले आउने निर्वाचनमा नमाकरण गर्न नसकिने पार्टीका सांसदको भन्डाफोरसमेत गर्ने बताए। विश्वास पहिलो मधेस आन्दोलनको नेतृत्वकर्ता समेत हुन्।

मधेस आन्दोलनको मर्मविपरित राज्यसँग तत्कालीन फोरमले सम्झौता गरेको भन्दै आफ्नै नेतृत्वमा पार्टी बनाउन लामो समय गृहकार्य गरेर बहुराष्ट्रिय समाजवादी पार्टी बनाएर थारु, राजवंशी, धिमाल, मधेसीलयातका समुदायको पहिचान स्थापित गर्न सक्रिय भएको विश्वासको भनाइ छ।

शुक्रबारको बैठक बसेपछि प्रदेशसभाको चालु बजेट अधिवेशन शुक्रबार राति १२ बजेदेखि अन्त्य हुने छ। असोज १ गतेबाट प्रदेशसभाको म्याद समाप्त हुने भएकाले यो नै प्रदेशसभाको ५ वर्षे कार्यकालको अन्तिम बैठक थियो।

प्रदेश प्रमुख पर्शुराम खापुङलेर प्रदेश मन्त्रिपरिषद्को भदौ १२ गतेको निर्णयबमोजिम शुक्रबार राति १२ बजेदेखि प्रदेशसभाको चालु बजेट अधिवेशन अन्त्य भएको विज्ञप्तिमार्फत् जानकारी गराएका थिए। प्रदेश प्रमुख खापुङले अभिवेशन अन्त्य भएको विज्ञप्तिमार्फत् जानकारी गराएपछि सभामुख प्रदिपकुमार भण्डारीले शुक्रबार दिउँसो १ बजे प्रदेशसभा बैठक बोलाएका थिए।

-अन्नपूर्ण पोस्ट् डटकमबाट




Leave a Reply

Your email address will not be published. Required fields are marked *