किशोर विश्वासको पार्टीले मनायो थारु पर्व चौठीचान

सुनसरी र मोरङका थारु समुदायले धुमधामकासाथ ‘चौठीचान’ चाड मनाएका छन्। पहाडी समुदायमा मनाइने तीजसँग मिल्दोजुल्दो ‘चौठीचान’ आजै चौथीका दिनको चन्द्रमालाई अर्ग दिएर सम्पन्न गरिन्छ।

पति, परिवार, सन्तान र प्रकृतीको कल्याणकालागि महिलाहरु निराहारबसी यो चाड मनाइन्छ। अघिल्लो दिन ओटगन (दर) खाएर चौथीका दिन ब्रत बस्ने चलन छ । यस चाडमा पूजा, पाठको समेत महत्व रहने गर्छ।

‘चौठीचान’ चाडलाई लिएर सुनसरीको दुहवीमा आयोजित शुभकामना आदान प्रदानको क्रममा आज संस्कृतिविद्ध, भाषाविद्ध र कविहरुले यस चाडको महत्व माथि प्रकास पारेका थिए। कविसमेत रहेका संस्कृतिविद्ध रामसागर चौधरीले यस चाडको महिमा प्रस्तुत गरेका थिए।

किशोर कुमार विश्वास अध्यक्ष रहेको बहुलराष्ट्रिय समाजवादी पार्टी नेपालको आयोजनामा सम्पन्न ‘चौठीचान’ शुभकामना कार्यक्रममा भागवतलाल चौधरी, भीमबहादुर राजबंशी, जागेश्वर विश्वास, चतुरलाल चौधरी, मनोज विश्वास, संजय राजबंशी, बर्षा चौधरी, गीता राई चौधरी आदिले मन्तब्य राखेका थिए।

विगत दुई सय पचास वर्षदेखि थारुलगायत अन्य उत्पीडित जाति वर्गहरुको भाषा, सँस्कृति र भेषभुसाहरुमाथि आन्तरिक उपनिवेशीकरणका कारण सम्पूर्ण साँस्कृतिक पहिचानजहरु लोप र संकटउन्मुख छन्।
तसर्थ थारुलगायत आदिवासीहरुले आफ्नो सँस्कृति, भाषा, भेषभुसाहरुको पुनःस्थापना र पुनःजागरण गर्न गराउनका लागि चौठीचान, समाचकेवा, जितिया, गुरही, अष्टिम्कीलगायतका पर्वहरु मनाउँदै आएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *