एमाले प्रवेश गरेको भन्दै प्रदेशमन्त्री चौधरी बर्खास्त

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरीलाई बर्खास्त गरिएको छ। मुख्यमन्त्री त्रिलोचन भट्टले उनलाई पदबाट बर्खास्त गरेका हुन्। एकीकृत समाजवादीबाट मन्त्री बनेका उनी एमाले प्रवेश गरेको थाहा पाएपछि मुख्यमन्त्री भट्टले बर्खास्त गरेको प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रणबहादुर रावलले बताए।

एमाले अध्यक्ष केपी शर्मा ओली कञ्चनपुरमा आयोजित भेलामा सहभागी भएका छन्। उक्त भेलामा चौधरी पनि उपस्थित छन्।

तत्कालीन एमालेबाट प्रदेशसभा सांसदमा विजयी भएका उनी पार्टी फुटेपछि माधव नेपालको पार्टीमा आबद्ध भएका थिए। उनी पार्टीको तर्फबाट २०७८ चैत २५ गते राज्यमन्त्री पदमा नियुक्त भएका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *