बौद्ध टुसालमा सञ्चालनमा आउँदै बरघर रेस्टुरेन्ट

युवा नेता सीताराम चौधरीले बरघर रेस्टुरेन्टको नयाँ ब्रान्च बौद्धको टुसालमा सञ्चालनमा ल्याएका छन्। कीर्तिपुरको पाँगामा रहेको बरघर रेस्टुरेन्ट थारु खानाका पारखीहरुमाझ लोकप्रिय छ।

रेस्टुरेन्टलाई थप परिस्कृत गरेर नयाँ ठाउँमा सञ्चालन गरिएको उनले बताए। बौद्ध टुसालमा रहेको उक्त रेस्टुरेन्ट ठूलो क्षेत्रफलमा रहेको र कार्यक्रमहरुसमेत गर्न मिल्ने स्पेश रहेको उनले बताए।

चौधरीले कीर्तिपुरजस्तै टुसालमा पनि थारु खानाका परिकारहरु उपलब्ध हुनेछन्। घोङी, ढिक्री, गेंगटा, माछालगायतका परिकार उपलब्ध हुने चौधरीले बताए। त्यसका अलावा फास्डफुडहरु पनि उपलब्ध हुनेछ।

बरघर रेस्टुरेन्ड एण्ड बार नाम दिइएको रेस्टुरेन्ट भदौ १७ गते उद्घाटन हुँदैछ। सहरी विकासमन्त्री मेटमणि चौधरीले रेस्टुरेन्टको उद्घाटन गर्ने सञ्चालक चौधरीले बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *