रुपन्देहीमा थारू बौद्ध समाज गठन, राज चौधरी बने अध्यक्ष

थारु बौद्ध समाज केन्द्रीय समितिले मंगलबार रुपन्देहीमा पहिलो जिल्ला भेला सम्पन्न गरेको छ। रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नं. २, पडसरीमा अवस्थित थारु कल्याणकारिणी सभाको जिल्ला सभाहलमा सो भेला सम्पन्न भएको हो।

भेलाले राज चौधरी (सैनामैना)को अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ। जसको उपाध्यक्षमा रिता चौधरी (बुटवल), सचिव मनजीत चौधरी (तिलोत्तमा), सह-सचिव रिता चौधरी (तिलोत्तमा) र कोषाध्यक्ष कृष्ण कुमारी चौधरी (तिलोत्तमा) रहेका छन्।

त्यस्तै सदस्यहरुमा चित्ररेखा चौधरी (बुटवल), केशब चौधरी (कोटहीमाई), सोमनाथ थारु (देवदह), अयोध्या चौधरी (देवदह), धनराज चौधरी (ओमसतिया), श्यामबहादुर थारु (ओमसतिया) र हरिचन्द्र चौधरी(शुद्धोदन) रहेका छन् र एक जना सदस्य कार्यसमितिको बैठकबाट निर्णय गरी मनोनीत गरिने बताइएको छ।

त्यसैगरी सल्लाहकारहरुमा सतिशकुमार चौधरी, बिजय बहादुरसिंह थारु, रेखाप्रसाद चौधरी, नरसिंह चौधरी र सरिता चौधरी रहेका छन्।

उक्त भेलालाई नेपाल थारु राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष रेखाप्रसाद चौधरी, थारु कल्याणकारिणी सभा रुपन्देहीका अध्यक्ष सतिशकुमार चौधरीलगायतले सम्बोधन गरेका थिए। कार्यक्रमको उद्घाटन समाजका केन्द्रीय उपाध्यक्ष रामकुमार चौधरीद्वारा बुद्ध बन्दना वाचन गरेर गरिएको थियो।

कार्यक्रम समाजका केन्द्रीय अध्यक्ष गोकुल थारुको सभाध्यक्षता, केन्द्रीय उपाध्यक्ष राजेन्द्र चौधरीको स्वागत र केन्द्रीय सचिव राजेश चौधरीको सञ्चालनमा सम्पन्न भएको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *