नागरिक उन्मुक्तिले प्रत्यक्ष र समानुपातिकतर्फ संघसहित सातै प्रदेशमा गरायो दल दर्ता

आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन ७६ दलले निवेदन दिएका छन्। निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आयोगको निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न ७६ दलबाट ६८ निवेदन परेका छन्।

प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश नं १ मा विभिन्न ६३ दलबाट ५५ निवेदन, मधेस प्रदेशमा ६७ दलबाट ५९ निवेदन, बागमती प्रदेशमा ६६ दलबाट ५८ निवेदन परेको छ।

गण्डकी प्रदेशमा ६० दलबाट ५२ निवेदन, लुम्बिनी प्रदेशमा ६२ दलबाट ५४ निवेदन, कर्णाली प्रदेशमा ५७ दलबाट ४९ निवेदन र सुदूरपश्चिम प्रदेशमा ५८, दलबाट ५० निवेदन परेको आयोगले जनाएको छ।

नागरिक उन्मुक्ति पार्टीको संघसहित सातै प्रदेशमा दल दर्ता
रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभा र सात वटै प्रदेशसभा समानुपातिकतर्फ पनि दल दर्ता गराएको छ। प्रत्यक्षतर्फ पनि संघ र प्रदेशमा दल दर्ता गरेको सो पार्टीले सातवटै प्रदेशमा उम्मेदवार उठाउने तयारीसमेत गरेको छ।

त्यस्तै भानुराम थारु नेतृत्वको नेपाल लोकतान्त्रिक पार्टी र रुक्मिणी चौधरी नेतृत्वको संघीय लोकतान्त्रिक मञ्च थरुहटले पनि संघ र सातवटै प्रदेशमा दल दर्ता गराएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *