शान्ता चौधरी र गंगा चौधरी समानुपातिकबाट सांसद बन्न नपाउने !

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले आगामी निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवर बन्ने मापदण्ड खुकुलो बनाएको छ। एकपटक जितिसकेका व्यक्ति फेरि पनि प्रत्यक्षतर्फको चुनाव लड्नसक्ने निर्णय एमाले बैठकले गरेको छ।

ललितपुरको च्यासलस्थित बसेको पार्टी केन्द्रीय कमिटी बैठकले प्रतयक्ष निर्वाचित हुने क्षेत्रमा ‘कतिपटक उम्मेदवार’ भन्ने तर्क व्यवहारिक नहुने नीति लिएको छ। त्यस्ता क्षेत्रमा एमालेले जनाधारमात्र नभएर दाउपेच, आवश्यकता र लोकप्रियताको पक्षलाई पनि ख्याल गर्ने जनाएको छ।

‘समानुपातिक वा अप्रत्यक्ष निर्वाचन हुने स्थानमाजस्तो त्यहाँ निश्चित मत र पहिचान भएका मतदातामात्र हुँदैनन्। प्रत्यक्ष निर्वाचनमा प्रभावित हुने मतदाताको अर्थ रहन्छ। त्यसैले प्रत्यक्ष निर्वाचनमा सबै कुराको अतिरिक्त ‘जित्ने सम्भावना बढी र संसदीय भूमिका प्रभावकारी भएका’लाई नै उम्मेदवार बनाइन्छ। यो निर्वाचनको रणनीतिसँग सम्बन्धित विषय पनि हो,’ निर्णयमा भनिएको छ।

समानुपातिकको हकमा भने एकपटक अवसर पाइसकेकालाई नदोहोर्‍याउने नीति एमालेको छ। समानुपातिक मत पार्टीको लोकप्रियतामा प्राप्त हुने भएकाले यसमा सिंगो पार्टी पंक्तिको योगदान हुने एमालेको बुझाइ छ। त्यसैले समानुपातिक मत ‘सामूहिक कमाइ’ भएकाले सबै मिलेर कमाउने र दामाशाीमा वितरण गर्ने भन्ने पक्षलाई ध्यान दिनुपर्ने एमालेले जनाएको छ।

‘दामाशाही वितरण’ भनेको प्राप्त अवसरको न्योचित वितरण हो। त्यसैले समानुपातिक वा कुनै पनि अप्रत्यक्ष निर्वाचन प्रणालीबाट प्रतिनिधित्व हुने स्थानमा एकचोटि उक्त अवसर प्रयोग गरेका पार्टीका नेता, कार्यकर्ता वा समर्थकहरुलाई आमरुपमा दोहोर्‍याउन हुन्न। यस्ता क्षेत्रमा पालैपालो वितरण प्रणाली लागू गर्नुपर्छ,’ निर्णयमा भनिएको छ।

बैठकले प्रत्येक निर्वाचन क्षेत्रबाट अनिवार्य एक महिलासहित तीन जनाको नाम भदौ २० गतेभित्र सिफारिस गर्न सम्बन्धित कमिटीलाई निर्देशन दिएको छ।

यसैबीच अघिल्लो निर्वाचनबाट समानुपातिकतर्फ निर्वाचित संघका ३० जना फेरि समानुपातिकबाट सांसद् बन्न नपाउन भएका छन्। तीमध्ये दाङकी शान्ता चौधरी र गंगा सत्गौंवा थारु पनि समानुपातिकबाट सांसद बन्न नपाउने भएका छन्। सांसद बन्नलाई उनीहरुले प्रत्यक्षतर्फ लड्नुपर्ने भएको छ।




One thought on “शान्ता चौधरी र गंगा चौधरी समानुपातिकबाट सांसद बन्न नपाउने !

Leave a Reply

Your email address will not be published. Required fields are marked *