आइतबार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थारुलाई सार्वजनिक बिदा

लुम्बिनी प्रदेश र सुदूरपश्चि प्रदेशले थारु बाहुल्य जिल्लामा अट्वारी पर्वको विदा दिएका छन्। भदौ १२ गतेका दिन लुम्बिनी र सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायको अट्वारी पर्वका लागि सार्वजनिक बिदा दिने निर्णय गरेका हुन्।

प्रदेश सरकारले थारु समुदायको अटवारी पर्वको अवसरमा दिएको बिदाको मिति संशोधन गरेर भदौ १२ गते कायम गरेको हो। यसअघि २०७८ चैत २२ गतेको मन्त्रिपरिषद्को बैठकले अट्वारी पर्वको बिदा भदौ १९ गते दिने निर्णय गरेको थियो।

प्रदेश सरकारको मन्त्रिपरिषद्को भदौ ९ गतेको बैठकले सो बिदा दिने निर्णय गरेको हो। आइतबारका दिन दाङदेखि पश्चिम कञ्चनपुरसम्मका सम्पूर्ण सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा रहने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ।

तिथिमिति अनुसार अटवारी पर्व भदौ १२ गते परेको भन्दै थारु कल्याणकारिणी सभालगायत थारु संघसंस्थाले बिदाको मिति संशोधन गर्न माग गरेको थियो। प्रदेश सरकारको सो निर्णयलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *