गृहमन्त्रीसँगको भेटमा जब बेलायती राजदूतले थारु मुद्दाको सबाल उठाइन्…

गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि बेलायती राजदूत निकोला क्याथरिन पोलिटले बिहीबार भेटवार्ता गरेका छन्। गृह मन्त्रालयमा भएको भेटमा दुई देशको आपसी सम्बन्ध थप प्रगाढ बनाउने विषयमा छलफल भएको थियो।

भेटमा गृहमन्त्री खाणले बेलायतको सहयोगमा सन् २०१४-२०२१ सम्म ‘सुरक्षा र न्यायको सुदृढीकरणका लागि एकीकृत कार्यक्रम’ सफलतापूर्वक सम्पन्न गर्न सहयोग गरेकामा राजदूत पोलिटलाई धन्यवाद दिएका थिए।

भेटमा बेलायती राजदूत पोलिटले नेपालमा सङ्क्रमणकालीन न्यायबारे चासो व्यक्त गरेपछि मन्त्री खाणले राजनीतिक द्वन्द्व व्यवस्थापनका लागि सरकार विभिन्न राजनीतिक समूह र विद्रोहीसँग गरिएका सहमति कार्यान्वयनका लागि प्रतिबद्ध रहेको बताएका थिए।

उनले नेत्रविक्रम चन्द (विप्लव), जनमत पार्टी र थारू कल्याणकारी सभासँग भएका सहमति कार्यान्वयनको चरणमा रहेको बताएङ्का थिए। हालसालै क्याबिनेटका थारु मन्त्रीसहितको टोलीले थारुहरुसँग वार्ता गरेको थियो। केपी ओली नेतृत्वको सरकारसँग भएको छ बुँदे सहमति कार्यान्वय गर्ने विषयमा छलफल भएको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *