दस सहरमा हुँदै मिस्टर एण्ड मिस थारुको अडिसन, यसरी दिन सकिन्छ आवेदन

चौथो संस्करणको मिस्टर एण्ड मिस थारु २०२२ को अडिसनको तयारी पूरा भएको छ। आयोजक जहइन्टरटेनमेन्टले पत्रकार सम्मेलन गरी अडिसनको तयारी पूरा भएको जानकारी दिएको हो। जह इन्टरटेनमेन्टका प्रमुख कार्यकारी अधिकृत सुरेश कुमार चौधरीले यही साउन २१ गतेदेखि सुरु हुने अडिसनको तयारी पूरा भएको बताए। ‘लगभग अडिसनको तयारी पूरा भएको छ। अडिसनको अघिल्लो दिनसम्म प्रतियोगीले आवेदन दिन सक्नेछन्,’ उनले भने।

प्रतियोगितामा सहभागी हुन चाहनेले आधिकारिक वेवसाइटमा गई आवेदन दिन सकिने छ भने खल्ती एपमार्फत पनि आवेदन दिन सकिने छ। खल्ती एपबाट आवेदन दिँदा १० प्रतिशत क्यासव्याकसमेत सुविधा पाउनेछन्। आवेदन शुल्क ६ सय रुपैयाँ तोकिएको छ।

थारु समुदायको बाक्लो बसोबास रहेको देशका मुख्य सहरहरुमा अडिसन सुरु हुँदै छ। आयोजकका अनुसार साउन २१ गते (शनिबार) सुनसरीको झुम्का, पर्साको वीरगञ्ज, चितवनको भरतपुर र बाँकेको नेपालगञ्ज, साउन २४ गते (मंगलबार) मोरङको विराटनगर, सिरहाको लहान र कैलालीको टीकापुर, साउन २८ गते (शनिबार) काठमाडौं, दाङ र बुटवलमा अडिसन हुँदैछ।

अडिसनका लागि निर्णायकहरु तय गरिसकिएको इभेन्ट निर्देशक रुपेश चौधरीले जानकारी दिए। प्रारम्भिक चरणमै उत्कृष्ट प्रतियोगी छनोट गर्नका लागि आयोजकले तयारी व्यापक पारेको छ। अडिसनबाट छनौट भएकाहरुलाई भदौमा अभिमुखीकरणमा सहभागी गराइने छ। त्यसलगत्तै प्रतियोगिताको ग्राण्ड फिनाले हुनेछ। प्रतियोगिताका विजेताले नगद, क्राउनलगायतका उपहार पाउनेछन्।

यस प्रतियोगिता सन् २०१७ देखि सुरुवात भएको थियो। पहिलो संस्करणको मिस्टर थारु चन्दन चौधरी भएका थिए भने मिस थारु जेनिशा चौधरी भएकी थिइन्।

यहाँबाट दिन सकिन्छ आवेदन : क्लिक गर्नुस्




Leave a Reply

Your email address will not be published. Required fields are marked *