थारु कोटा लागू भएको भए ३ हजार बढी थारुहरुले सरकारी जागिर खाइरहेका हुन्थे (भिडियो अन्तर्वार्ता)

थारु कल्याणकारिणी सभाले सर्वोच्च अदालतमा दायर गरेको थारु कोटासम्बन्धी रिटमाथि भोलि (बुधबार) पूर्ण सुनुवाई हुँदैछ। यो मुदालाई नजिकबाट नियालिरहेका थारु बुद्धिजीबी कुछत नारायण चौधरीसँग थारुवान डटकमले यसै विषयसँग केन्द्रित रहेर कुराकानी गेरको छ।

उनले विसं २०७२ यता ५० हजार बढी लोकसेवामा विज्ञापन खुले पनि थारु कोटा नहुँदा थारुहरु सरकारी जागिरबाट वञ्चित भएको बताए। संविधानले नै सुरक्षित गरेको आरक्षण त्यतिबेला दिएको भए आज ३ हजार ३ सयभन्दा बढी थारुहरु सरकारी जागिर खाइरहेको उनको दाबी छ।

उनले राजाको पालामै थारुहरुलाई शिक्षामा आरक्षण दिएको दाबी गरे। विसं २०३४ सालमा परशुरनारायण चौधरीका भाइ श्रीपती चौधरीले तत्कालीन राजा वीर‍ेन्द्र शाहसँग थारुको कोटाको माग गर्दै विन्ती चढाएका थिए। ‘थारुहरु १० कक्षासम्म मात्र पढ्नसके। त्यसभन्दा माथि पढ्न सकेनन् भनेर सरकारसँग थारु विद्यार्थीलाई पढ्ने वातावरण मिलाइदिन भन्दै विन्ती गर्नुभएको थियो,’ उनले भने।

श्रीपतीले राजा वीरेन्द्रले सुर्खेत भ्रमण गर्ने बेला विन्ती चढाएपछि सरकारले मध्य पश्चिमाञ्चलका सबै क्याम्पसहरुमा थारु विद्यार्थीका लागि ३ वटा कोटा व्यवस्था गरेको उनको दाबी छ। ‘त्यसबेला छात्रवृत्ति पाउनेका सन्तानहरु नै आज राजनीतिलगायत विभिन्न क्षेत्रमा उच्च ओहोदामा छन्,’ उनले भने।

अन्तर्वार्ता हेर्नुस्:




Leave a Reply

Your email address will not be published. Required fields are marked *