थारु पत्रकार संघले गर्‍यो रिक्त पदमा मनोनीत र प्रवास समन्वय समिति गठन

थारु पत्रकार संघ नेपालले रिक्त रहेको उपाध्यक्ष र केन्द्रीय सदस्य पदमा मनोनीत गरेको छ। शनिबार काठमाडौंमा बसेको संघ पूर्ण केन्द्रीय समिति बैठकले सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा प्रेम चौधरी, कर्णाली प्रदेश उपाध्यक्षमा मानबहादुर पन्ना र गण्डकी प्रदेश उपाध्यक्षमा जीत नारायण थनेतलाई मनोनीत गरेको हो।

त्यस्तै केन्द्रीय सदस्यमा बाँकेका शम्भु चौधरी र कञ्चनपुरका चन्द्रिका चौधरीलाई मनोनीत गरेको छ।

त्यस्तै मलेसियामा रहेका आरएन चौधरीको संयोजकत्वमा १२ सदस्यीय प्रवास समन्वय समिति पनि गठन गरिएको छ। समितिमा सदस्यमा साइप्रसबाट सरिता चौधरी, दुबईबाट कमल चौधरी, अष्ट्रेलियाबाट अरुण आर्यन चौधरी, पोल्यान्डबाट शिवधर महतो र पवन चौधरी, कुवेतबाट बुद्धि चौधरी, कोरियाबाट दीपक चौधरी र जितेन्द्र चौधरी, अमेरिकाबाट लोकेन्द्र चौधरी र मनोज महतो र पोर्चुगलबाट मुना चौधरी रहेका छन्।

त्यस्तै संघले ६ सदस्सीय सल्लाहकार समिति मनोनीत गरेको छ। जसमा निवर्तमान अध्यक्ष सन्तोष दहित, पूर्वअध्यक्षहरु लक्की चौधरी, कृष्णराज सर्वहारी र मदन चौधरी रहेका छन्। त्यस्तै कानुनी सल्लाहकारका रुपमा ठाकुर सिंह थारु र श्रवणकुमार चौधरी रहेका छन्।

संघले कोषाध्यक्ष कारी महतोले तयार गरेको चार वटा कार्यविधि पनि आंशिक संशोधनसहित पारित गरेको छ। जसमा बैठक कार्यसञ्चालन, फुलरिया प्रकाशन, पुरस्कार वितरण र ‌ओएसीस पत्रकारिता पुरस्कारसम्बन्धी कार्यविधि रहेको छ। बैठकले अनलाइन पोर्टल चलाउनेलगायतका निर्णयहरु पनि पारित गरेको कोषाध्यक्ष कारी महतोले जानकारी दिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *