रेशम चौधरी पहिलो, भानुराम दोस्रो र रुक्मिणीको पार्टीले ल्यायो ४२४ मत

स्थानीय तह निर्वाचनमा रेशम चौधरी नेतृत्वको पार्टीले ३१ हजार २९ मत ल्याएको छ। कैलाली, बर्दिया र अन्य जिल्लाका केही पालिकामा उम्मेदवारी दिएको नागरिक उन्मुक्ति पार्टीले कूल खसेको मतको ०.२७ प्रतिशत मत ल्याएको हो। रञ्जिता श्रेष्ठ चौधरी अध्यक्ष रहेको पार्टीले कैलालीमा चार वटा पालिकामा विजयी भएको थियो।

त्यस्तै भानुराम थारु नेतृत्वको नेपाल लोकतान्त्रिक पार्टीले ६ हजार ६६ मत पाएको छ। यो पार्टीले बाराको एउटा वडा कब्जा गरेको थियो। त्यस्तै रुक्मिणी चौधरी नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रय मञ्च थरुहटले ४२४ मत पाएको छ। यो पार्टीले चितवनमा आफ्नो उम्मेदवारी पेस गरेको थियो।

नेपाली कांग्रेसलाई लोकप्रिय मत
स्थानीय तह निर्वाचनमा सबैभन्दा धेरे मत नेपाली कांग्रेसले ल्याएको छ। निर्वाचन आयोगले मंगलबार सार्वजनिक गरेको मतपरिणामअनुसार कांग्रेसले ३९ लाख ५६ हजार १९३ मत ल्याएको छ। यो खसेको कूल मतको ३४.२८ प्रतिशत हो।

त्यस्तै दोस्रोमा नेकपा एमालेले ३८ लाख ११ हजार ६०२ मत ल्याएको छ। यो कूल खसेको मतको ३३.०३ मत हो।

त्यस्तै तेस्रोमा माओवादीले १५ लाख ३ हजार २४७ मत ल्याएको छ भने चौथोमा जनता समाजवादी पार्टीले ५ लाख ७७ हजार ३८० मत ल्याएको छ। माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले ४ लाख २२ हजार ७३७ मत ल्याएको छ।

त्यस्ते राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख ६४ हजार १६० मत ल्याउँदा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले २ लाख ४४ हजार ८८२ मत ल्याएको छ।

सीके राउत नेतृत्वको जनमत पार्टीले १ लाख १५ हजार ३५ मत ल्याएको छ। यो कूल खसेको मतको १ प्रतिशत हो। त्यस्तै नेपाल मजदुर किसान पार्टीले ४८ हजार ६०६ मत ल्याउँदा राष्ट्रिय जनमोर्चाले ४० हजार ४९१ मत ल्याएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *