थरुहट थारुवान राष्ट्रिय मोर्चाले साउनभित्रै राष्ट्रिय सम्मेलन गर्ने

थरुहट थारुवान राष्ट्रिय मोर्चाले राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ। ललितपुरमा बसेको मोर्चाको बैठकले साउनभित्रै राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो। त्यसअघि मोर्चाले साउन १५ गतेभित्र केन्द्रीय कमिटीको बैठक बस्ने जनाएको छ।

त्यस्तै मोर्चाले पहिचानवादी संगठनहरुसँग वार्ता र छलफलका लागि वार्ता टोली गठन गरेको छ। मोर्चाका कार्यबाहक संयोजक श्रवण थारुको नेतृत्वमा वार्ता कमिटी गठन गर्ने निर्णय गरिएको हो। कमिटीमा महासचिव तुलसीप्रसाद चौधरी, प्रवक्ता मिनराज चौधरी, मोर्चाका युवा संयोजक सिताराम चौधरी र चम्पा चौधरी रहेका छन्।

त्यस्तै मोर्चाले टीकापुर घटना भएको भदौ ७-८ गते विद्रोह दिवस र असोज ३ गते कालो दिनको रुपमा मनाउने भएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *