असार ३२ गतेबाट ठुम्रार साहित्यिक बखेरी पुनःसञ्चालमा आउँदै

कोरोना महामारीका कारण विगत दुई वर्षदेखि बन्द रहेको ठुम्रार साहित्यिक बखेरी पुनःसञ्चालमा आउने भएको छ। राष्ट्रिय थारु कलाकार मञ्चको पहलमा असार ३२ गतेबाट ठुम्रार साहित्यिक बखेरी पुनःसञ्चलनमा आउन लागेको हो।

बखेरी हरेक महिनाको अन्तिम शनिबार कीर्तिपुरस्थित बर्घर रेस्टुरेन्टमा आयोना हुँदै आएको थियो। अबदेखि सबैलाई पायक पर्नेगरी बालकुमारीको पुल नजिकै रहेको सीसीआरसी कलेजमा आयोजना हुने राष्ट्रिय कलाकार मञ्चका अध्यक्ष विनय वैद्यले जानकारी दिए।

उनले काठमाडौं उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरलाई उक्त ठाउँ पायक पर्ने बताए। ‘सबैभन्दा त पहिलो कुरा ठुम्रार साहित्यिक बखेरीलाई पुनःसञ्चालमा ल्याउनु हो। त्यसपछाडि सबैलाई पायक पर्ने कुरा पनि हो। कोटेश्वर नजिकै भएकाले यो ठाउँ सबैलाई पायक पर्छ,’ उनले थारुवानसँग भने।

यसअघि बर्दियाली थारु विकास मञ्चको सक्रियतामा हुँदै आएको बखेरी अब राष्ट्रिय कलाकार मञ्चले गर्ने भएको छ। ‘आयोजकको रुपमा हामी सबै संस्था जोडिन्छौं। तर आयोजनाको जिम्मा हामीले लिएका हौं। बखेरीलाई थप परिस्कृत ढंगबाट सञ्चालन गर्ने हाम्रो प्रयास रहन्छ,’ उनले भने।

उनले असाउ ३२ गते आयोजना हुने बखेरीमा सामाजिक मुद्दाउपकार साहित्यिक रचना लिएर आउन काठमाडौंबासी थारुहरुलाई आह्वान गरे। ‘हामी कुनै न कुनैरुपमा साहित्यसँग जोडिएका छौं। थारु साहित्यलाई थप सुदृढीकरणको आवश्यकता छ। यसै फोरमबाट हामी यसलाई अन्नतकालसम्म लैजाउँ,’ उनले भने।

उनले मासिकरुपमा हुने बखेरीमा थारु समुदायको सांगीतिक,सामाजिक,आर्थिक तथा अन्य विविध विषयमा छलफल तथा साहित्यिक/सांगीतिक वाचन हुने बताए।

९१औं भाग हुने उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहरी विकासमन्त्री मेटमणी चौधरी आउने कार्यक्रम रहेको आयोजकले जनाएको छ। कार्यक्रमको आयोजकको रुपमा राष्ट्रिय थारु कलाकार मञ्चसँगै बर्दियाली थारु विकास मञ्च, चम्पन साँस्कृतिक समूह, सर्वहित समाज,थारु विद्यार्थी समाजलगायत रहेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *